काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग पाकिस्तानी राजदूत साइद हाइदर साहले सोमबार शिष्टाचार भेट गर्नुभएको छ ।

भेटमा नेपाल पाकिस्तान सम्बन्ध तथा दुई देश बीचको मैत्रिपूर्ण सम्बन्धमा बारेमा छलफल भएको थियो । पाकिस्तानी राजदूत साइद हाइदरले पदभार ग्रहण गरेपछि प्रधानमन्त्री ओली संग पहिलो भेट भएको हो ।











