१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

साझेदारको हत्या आरोपमा पक्राउ परेका अनिल मण्डलसहित ३ जना सार्वजनिक

साझेदारको हत्या आरोपमा पक्राउ परेका अनिल मण्डलसहित ३ जना सार्वजनिक
अ अ+ अ-

विराटनगर । मोरङको धनपालथान गाउँपालिकाको उखुबारीमा एकसाता अघि हत्या गरेर खाल्डो खनि पुरेको अवस्थामा भेटिएका दुई व्यक्तीको आर्थिक लेनदेनका कारण हत्या भएको खुलेको छ । 

जिल्ला प्रहरी कार्यालय मोरङले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी हत्यामा संलग्न मध्ये मुख्य योजनाकार मण्डलसहित मोरङका अमित शाह र नासिर आलम पक्राउ गरि सार्वजनिक गरेको छ । प्रहरीका अनुसार थप केही व्यक्ति फरार छन् । हत्यामा केही भारतीय नागरिक समेत संलग्न रहेको अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ । प्रहरीले तीन जनाको हत्या आर्थिक लेनदेनकै कारण भएको बताएको छ । 

आर्थिक लेनदेनको कारण मोरङमा दुई जना र ललितपुरको गोदावरीमा नगरपालिका–१२, थेचोमा थप एकजनाको हत्या गरि खाल्डो खनेर परिएको अवस्थामा शव बिहीबार प्रहरीले फेला परेको छ ।तीन जनाको हत्या सिरहा नगरपालिका वडानम्बर १२ स्थायि घर भएका ३१ बर्षिय अनिल कुमार मण्डलले आपसी लेनदेनका कारण केहि ब्यक्तीको सहयोगमा फरकफरक मिति र स्थानमा हत्या गरी खाल्डो खनेर पुरेको प्रहरी अनुसन्धानले खुलेको छ ।

माघ १२ गते धनपालथान वडानम्बर ७ को उखुबारीमा सप्तरी शम्भुनाथ नगरपालिका वडानम्बर ४ का ३२ बर्षिय शम्भुकुमार चौधरी र भोलीपल्ट धरान उपमहानगरपालिका वडानम्बर ३ का ४८ वर्षिय राजेन्द्रकुमार श्रेष्ठको सोहि स्थान नजिकैको अर्को खाल्डोबाट शव भेटिएको थियो । 

त्यहाँका स्थानीयले शंकास्पद खाल्डो देखेर प्रहरीलाई खबर गरेपछि प्रहरीको टोलीले ५ फिट गहिरो खाडलबाट दुईजनाको शव बाहिर निकालेको थियो । स्थानीयले प्रहरीलाई खबर गरेसँगै प्रहरी टोली अनुसन्धानको लागि घटना स्थलमा पगेको मोरङ जिल्लाका प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक जनार्दन जिसीले बताउनु भयो । उहाँले प्रहरीले खाल्डो खन्दा एउटा लाश भेदिएको बताउनु भयो । प्रहरीले त्यसको भोली पल्ट अर्को स्थानमा पनि शंकास्पद खाल्डो खनेर अर्को लाश पनि निकालिएको बताउनु भयो ।

प्रहरी वरिष्ठ उपरिक्षक जिसीले प्रहरीले अनुसन्धानले श्रेष्ठको पुस ५ गते र चौधरीको पुस ७ गते हत्या गरिएको पत्ता लागेको बताउनु भयो । उहाँले प्रहरीले अनुसन्धान गर्दै जाँदा उनीहरुसँग संगलन एक जना हराएको र त्यसको लागि ललितपुरको थेचोमा छ भन्ने थाहा पाएपछि मोरङ जिल्ला प्रहरी र अपराध महाशाखाको टोलीले गोदावरीमा लाख फेला परेको बताउनु भयो । यहाँले प्रहरी अनुसन्धानबाट मण्डल समुहले पुस ५ गते भन्दा अगाडि मंसिर २८ गते ६३ बर्षिय मोहन लिम्बुलाई हत्यागरी ललितपुरको गोदावरी नगरपालिका वडानम्बर १२ थेचोमा खाल्डो खनी पुरेको देखिएको बताउनु भयो । लिम्बुको शव प्रहरीले माघ २० गते बिहीबार मात्रै ललितपुरमा फेला पारेको जिसीले बताउनु भयो । लिम्बुको हत्या गरेर शव चाँडै कुहाउन खाल्डामा नुनको समेत प्रयोग गरिएको भेटिएको उहाँले जानकारी दिनु भयो । 

घटनामा संलग्न तिनै जनालाई प्रहरीले माघ २० गते फरकफरक स्थानबाट पक्राउ गरेको जनाएको छ । मुख्य हत्याका योजनाकार मण्डललाई प्रहरीले काठमाण्डौ महानगरपालिकाको वडानम्बर १३ बल्खुबाट पक्राउ गरेको जनाएको छ । यस्तै सोनारलाई विराटनगर ५ दामाबन्दी चोकबाट र आलमलाई विराटनगर १७ मटेरुवाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

जग्गा जमिनको कारोबारको क्रममा हासिल हुने रकम एकलौटी बनाउन तिनवटै हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले जनाएको छ । हत्यामा उनीहरुले नाइलनको डोरी तथा गम्छा प्रयोगगरि घाँटी कसेर मृतकहरुको हत्या गरेको खुलेको छ । धनपालथानमा शव भेटिएका श्रेष्ठ र चौधरी मण्डलसंगै मंसिर २९ गते विराटनगर आएको अनुसन्धानको क्रममा खुलेको छ ।