• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   जाउलाखेललाई महिला ह्विलचियर बास्केटबलको उपाधि ★   नेपाली खेलकुदको इतिहासमै पहिलो पटक एन्थ्रोपो मेट्रिक अनुसन्धान ★   सदभाव आचार्य गल्फ प्रतियोगिता खेल्न र प्रशिक्षण गर्न अमेरिका प्रस्थान ★   सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एमाले बाहिरियो ★   इमानदारीपूर्वक काम गर्न अध्यक्ष ओलीको सुझाव ★   नयाँ बन्ने ओली नेतृत्वको सरकारले शिक्षा क्षेत्रका समस्या नयाँ उचाईबाट समाधान गर्छ: उपाध्यक्ष पौडेल ★   रवि लामिछाने विरुद्धको मुद्दामा दुई न्यायाधीशबीच राय बाझियो ★   रौतहट कटहरियाका मेयर र उपमेयरसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर ★   एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र महासचिवमा भूसाल सर्वसम्मत ★   एकीकृत समाजवादीको नेतृत्व सर्वसम्मत चयन गर्नुपर्नेमा महाधिवेशन प्रतिनिधिहरुको जोड

पञ्जाब किंग्सले आईपीएल इतिहासकै सबैभन्दा महँगा खेलाडीलाई रिलिज गर्न सक्ने



एजेन्सी । साम करन आईपीएल इतिहासका सबैभन्दा महँगा खेलाडी हुन् । उनलाई १८.५ करोडमा किनिएको थियो तर उनको प्रदर्शन भने खासै रहेन । तसर्थ पञ्जाब किंग्सले साम करनलाई रिलिज गर्न सक्छ ।

आईपीएल २०२४ का लागि खेलाडी लिलामी डिसेम्बर १९ मा दुबईमा हुनेछ । अर्कोतर्फ सनराइजर्स हैदरावादले इंग्ल्याण्डका ब्याट्सम्यान ह्यारी ब्रुकलाई पनि रिलिज गर्न सक्नेछ ।

आइपिएल २०२३ को लिलामीमा हैदरावादले ब्रुकलाई १३.२५ करोड भारुमा किनेको थियो । ब्रुकलाई लिनको लागि राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा भएको थियो, तर अन्त्यमा हैदरावाद उनलाई लिन सफल भयो ।

तर, ब्रुकले प्रभाव पार्न सकेनन् । यस वर्ष आईपीएलका ११ खेलमा १ सय ४० को स्ट्राइक रेटमा एक शतक सहित कुल १९० रन बनाए । सनराइजर्स हैदरावादका लागि पछिल्ला केही सिजन राम्रो रहेन र टोली नकआउट दौडमा पनि पुग्न सकेन ।

यस वर्ष सनराइजर्सले समूहका १४ खेलमध्ये चारमा मात्रै जित हासिल गरेको थियो । रिपोर्टका अनुसार ब्रुकलाई रिलिज गर्दा लिलामीलाई ध्यानमा राख्दै सनराइजर्सको बजेट बढ्नेछ र उसले केही प्रतिभाशाली खेलाडीलाई टोलीमा समावेश गर्न सक्नेछन् ।

यसैबीच, चेन्नई सुपर किंग्सका स्टार अलराउन्डर बेन स्टोक्सले आईपीएल २०२४ मा नखेल्ने घोषणा गरिसकेका छन् ।