२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अभिषेक र ऐश्वर्याको बिहे भएको घर अमिताभले दिए छोरीलाई उपहार, मूल्य ८० करोड



अ+ अ-

एजेन्सी । बलिउडका महानायक अमिताभ बच्चन र उनी श्रीमती जया बच्चनले जुहुको बंगला ‘प्रतिक्षा’ आफ्नी छोरी श्वेता नन्दालाई हस्तान्तरण गरेका छन् ।

जानकारीका अनुसार १६ हजार ८४० स्क्वायर फिटमा बनेको बंगला श्वेताको नाममा हस्तान्तरण गर्दा यसको मूल्य ५० करोड ६३ लाख (८० करोड बढी नेरु) देखाइएको छ । यसका लागि नोभेम्बर ९ मा रु ५०.६५ शुल्कको स्ट्याम्प लगाइएको थियो ।

यो बंगला दुई प्लटमा बनेको छ । ९ हजार ५ सय ८५ स्क्वायर फिट अमिताभको नाममा र ७ हजार २५० स्क्वायर फिट श्रीमती जयाको नाममा थियो ।

अभिषेक बच्चन र ऐश्वर्या रायको विवाह सन् २००७ मा यसै प्रतीक्षा बंगलामा भएको थियो । यस बंगलाको बारेमा अमिताभले एक पटक भनेका थिए कि यो घर उनको मुटुको धेरै नजिक छ । बुबा हरिवंश रायले आफ्नो कविताबाट प्रेरित भएर यसको नाम प्रतिक्षा राखेका हुन् ।

अमिताभ बच्चनको मुम्बईमा पाँचवटा बंगला छन् । उनका ४ वटा बंगलाको नाम जलसा, जनक, प्रतिक्षा र वत्स हो । अमिताभ आफ्नो परिवारसँग मुम्बईको जुहू क्षेत्रमा रहेको जलसा बंगलामा बस्छन् । यस बंगलाको मूल्य करिब ५०.६३ करोड भारु रहेको बताइएको छ ।

यो बंगला फिल्म ‘सत्ते पे सत्ता’ को सफलतापछि निर्देशक रमेश सिप्पीले बिग बीलाई भुक्तानस्वरूप दिएका थिए । उनको दोस्रो बंगला ‘प्रतीक्षा’ को मूल्य ५० करोड रुपैयाँ रहेको बताइएको छ, जहाँ उनी बुबासँग बस्थे । बिग बीको ‘जनक’ बंगलामा अफिस छ ।

यसबाहेक उनको पुर्खाको घर उत्तर प्रदेशको इलाहाबादमा पनि छ । अमिताभले यस ठाउँलाई शैक्षिक ट्रस्टमा परिणत गरेका छन् । उनको देशमा अन्य धेरै सम्पत्तिहरू छन् । मिडिया रिपोर्टका अनुसार अमिताभ बच्चनको फ्रान्समा समेत सम्पत्ति छ । रिपोर्टहरू विश्वास गर्ने हो भने, अमिताभ बच्चनले ३३९० करोडको नेटवर्थका साथ वार्षिक ६० करोड रुपैयाँ कमाउँछन् ।