४ भाद्र २०८३, बिहीबार
,
Latest
कप्तान ऐरी आइसिसी वरियताको तेस्रो स्थानमा सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छः सभापति थापा बाँकेमा एक सातामै २२ फरार प्रतिवादी पक्राउ बागमती प्रदेश मन्त्रिपरिषद् बैठकः ‘इ-क्याबिनेट’ प्रणाली सञ्चालन गर्ने निर्णय लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः अस्थायी सङ्गठन संरचना र दरबन्दी स्वीकृत स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले पिपीए खोल्न सरकारले अघि बढायो प्रक्रिया तनहुँमा तीन हजार बढी नयाँ धारा जडान कर्णाली प्रदेशको विद्युतीकरण सरकारको प्राथमिकतामा : मन्त्री श्रेष्ठ हेलिकप्टर चढेर भाग्नेहरुको मति अझै सुध्रिएको रहेनछ: राप्रपा प्रवक्ता श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भिमादमा सिनियर पुरुष भलिबल प्रतियोगिता हुँदै



अ+ अ-

तनहुँ । तनहुँको भिमादमा साविक वडा सिनियर पुरुष भलिबल प्रतियोगिताको आयोजना हुने भएको छ । जन शान्ति युवा क्लबको आयोजनामा यही मंसिर १० गते देखि १६ गतेसम्म भलिबल प्रतियोगिता सञ्चालन हुन लागेको हो ।

प्रतियोगिताको विजेता टोलीले नगद रु ६० हजार तथा शिल, मेडल र प्रमाण प्रत्र प्राप्त गर्नेछ भने उपविजेताले ३० हजार नगदका साथै शिल, मेडल र प्रमाण प्रत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

आयोजकका अनुसार खेलमा सहभागिता जनाउन ७ देखि १० गतेसम्म दर्ता गर्न सकिनेछ । टिम दर्ताका लागि ४ हजार रुपैयाँ तोकिएको छ ।

खेलाडी साविक वडा स्तरीय हुनुपर्नेछ भने एक टिममा ९ जना खेलाडीसहित एक जना टिम कोच रहनेछन् । खेल नकआउट सिस्टममा खेलाइने आयोजकले जनाएको छ ।