२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात News Polar रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते News Polar बूढीगण्डकीमा बाढी : चुमनुब्रीका ३५ घर बगे News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद News Polar पहिरोले घेरिएको पाउद्धार, विस्थापितलाई गाउँ फर्किन अन्योल News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी

रोटरी इन्टरनेसनलकी ग्रान्ट अफिसर ब्राड्लेद्वारा अर्थोपेडिक अस्पताल निरीक्षण

रोटरी इन्टरनेसनलकी ग्रान्ट अफिसर ब्राड्लेद्वारा अर्थोपेडिक अस्पताल निरीक्षण
अ अ+ अ-

काठमाडौं: जोरपाटीस्थित नेपाल अर्थोपेडिक अस्पतालको स्थापनाकालदेखि नै आर्थिक, प्राविधिक तथा जनशक्ति व्यवस्थामा निरन्तर सहयोग गरिरहेको रोटरी इन्टरनेसनलका वरिष्ट प्रतिनिधिले अस्पतालको निरीक्षण, अवलोकन गर्नु भएको छ ।

अस्पतालका मेडिकल निर्देशक डा कैलाश भण्डारीका अनुसार रोटरी इन्टरनेसनलकी ग्रान्ट अफिसर लाउरा ब्राड्लेले अस्पतालको भौतिक, आर्थिक तथा प्राविधिक विषयको जानकारी लिनुका साथै अस्पतालमा उपचार गराइरहेका बिरामीसँग अस्पतालले प्रदान गरिरहेको सेवाका बारेमा सोधपुछ गर्नु भएको थियो ।

अस्पताल व्यवस्थापनका तर्फबाट आयोजित संक्षिप्त कार्यक्रममा डा भण्डारीले रोटरी इन्टरनेसनल र नेपालका रोटरी क्लबहरुले लामो समयदेखि अस्पतालको समग्र विकासमा दिइरहेको सहयोग अतुलनीय रहेको चर्चा गर्दै आगामी दिनमा पनि सहयोग प्राप्त भइरहने विश्वास व्यक्त गर्नु भएको थियो ।

उहाँले अस्पतालमा आधुनिक उपचार सामग्री तथा अस्पताल भवनको विस्तार गर्नुपर्ने स्थिति रहेको जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा सस्थापक मेडिकल निर्देशक डा. अनिल बहादुर श्रेष्ठले अस्पताललाई हाल सम्म उपलब्ध गराएको सहयोग प्रति आभार व्यक्त गर्दे आगामी दिनमा सहयोगको निरन्तरता रहने अपेक्षा गर्नुभयो ।

त्यस अवसरमा ग्रान्ट अफिसर ब्राड्लेले नेपाल अर्थोपेडिक अस्पतालको उत्तरोत्तर प्रगतिको लागि रोटरी इन्टरनेसनल सधैं साथमा रहने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । अस्पतालका तर्फबाट डा भण्डारी समेतले ब्राड्लेलाई मायाको चिन्हो प्रदान गरिएको थियो ।