२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

प्रा.डा. वासुदेव त्रिपाठीलाई पाँच लाखसहित महासमालोचकको उपाधि

प्रा.डा. वासुदेव त्रिपाठीलाई पाँच लाखसहित महासमालोचकको उपाधि
अ अ+ अ-

काठमाडौँ । नइ प्रकाशनको रजत महोत्सवका अवसरमा प्रा।डा। वासुदेव त्रिपाठीलाई महासमालोचकको उपाधिसहित पाँचलाख रुपियाँ राशिको ‘नइ रजत महोत्सव पुरस्कार’ले विभूषित गर्ने निणर्य भएको छ । मोतीराम भट्टबाट थालिएको समालोचनाको परम्परालाई आधुनिक युगमा विविधतापूर्ण, बहुआयामिक र समन्वयवादी दृष्टिले गतिशील, समृद्ध र उन्नत तुल्याई एक युगकै केन्द्रीय प्रतिभाका रूपमा भूमिका खेलेवापत प्रा.डा.त्रिपाठीलाई महासमालोचकको सम्मानसहित पाँचलाख रुपियाँ राशिको ‘नइ रजत महोत्सव पुरस्कार’ले सम्मान गर्ने निणर्य भएको हो ।

‘नइ रजत महोत्सव’का अध्यक्ष वाङमय शताब्दी पुरुष डा. सत्यमोहन जोशीको अध्यक्षतामा आज बसेको बैठकले सो निणर्य गरेको हो । आजकै बैठकद्वारा प्रा.डा.उषा ठाकुर ‘नइ रजत महोत्सव’को उपाध्यक्षमा मनोनीत हुनुभएको छ । 

महासमालोचकको उपाधि समर्पण गरिने समारोहमा प्रा.डा. त्रिपाठीलाई देशदेशान्तरबाट सार्वजनिक अभिनन्दन पनि अर्पण गरिने छ । नइ प्रकाशनकै सिफारिस, पहल र अनुरोधमा नेपाल सरकारबाट डा. माधवप्रसाद घिमिरेलाई राष्ट्रकवि र  डा।सत्यमोहन जोशीलाई वाङमय शताब्दी पुरूषको उपाधि प्रदान गरेको हो ।