• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   सञ्चार नीतिबारे छलफल गर्न झापामा मिडिया सम्मेलन सुरु ★   वैदेशिक रोजगारीमा ठगिएका नेपालीहरुको समस्या समाधान गर्न सरकारसँग देउवाको आग्रह ★   कारले मोटरसाइकललाई ठक्कर दिँदा पत्रकार रोहिताको मृत्यु ★   ‘पग्लिरहेको हिमाल, उर्लिरहेको नदी र डुबीरहेको धर्ती जोगाउन नेपालको नेतृत्व आवश्यक छ’ ★   प्रधानमन्त्री दाहालसँग कांग्रेस सभापति देउवासहितका नेताहरुको छलफल ★   पृथ्वी राजमार्गको पूर्वी खण्डको पाँच महिना म्याद थप ★   अमेरिकाको न्यूयोर्कमा नेपाल डे परेड गरिँदै ★   नेपाल प्रहरीका चार एसएसपी डिआइजी बढुवामा सिफारिस ★   गौतम गम्भीर भारतको मुख्य प्रशिक्षक बन्न लागेका हुन् ? ★   सत्तापक्ष पछि हट्दै, कांग्रेस पनि गल्दै, आज सहमतिको संकेत

काग्रेसको प्रस्ताव र माओबादीको समर्थनमा हिन्दुराज्य घोषणा हुन्छ: राप्रपा उपाध्यक्ष मिश्र



फाईल फोटो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले कांग्रेस र माओवादी नेपाललाई संसदबाटै दुई(तिहाई बहुमत जुटाएर ‘हिन्दू राष्ट्र’ घोषणा गर्ने कुरामा भित्रभित्रै सहमत भइसकेको दाबी गर्नुभएको छ ।

उपाध्यक्ष मिश्रले कांग्रेसबाट प्रस्ताव आउने र माओवादीले विरोध गरेजस्तो गर्ने या मौन रहने तथा आफूलाई “नामी अग्रगामी” भन्नेहरूले पनि त्यसको विरोध गर्ने छैनन् भन्ने दाबी गर्नुभएको छ ।

सामाजिक संञ्जालमा उहाँले लेख्नुभएको छ अहिले आन्दोलनकारीलाई उत्तेजित तुल्याउने, अवस्था जटील बनाउने र परिस्थितिलाई डोर्याएर मध्यमार्गी संझौताका रूपमा त्यता लैजान प्रयास हुने प्रबल संभावना छ।

उहाँले लेख्नुभएको छ –

खासगरी कांग्रेस र माओवादी नेपाललाई संसदबाटै दुई-तिहाई बहुमत जुटाएर ‘हिन्दू राष्ट्र’ घोषणा गर्ने कुरामा भित्रभित्रै सहमत भइसकेका छन्।

कांग्रेसबाट प्रस्ताव आउनेछ। माओवादीले विरोध गरेजस्तो गर्नेछ या मौन रहने छ। आफूलाई “नामी अग्रगामी” भन्नेहरूले पनि त्यसको विरोध गर्ने छैनन्।

अहिले आन्दोलनकारीलाई उत्तेजित तुल्याउने, अवस्था जटील बनाउने र परिस्थितिलाई डोर्याएर मध्यमार्गी संझौताका रूपमा त्यता लैजान प्रयास हुने प्रबल संभावना छ।

लेखेर राख्नुहोला – ‘राजसंस्था’ अर्थात मियो बिनाको ‘हिन्दू राष्ट्र’ हाम्रो धर्म, संस्कृति र सभ्यताका लागि मात्र होइन, समग्र नेपालको दिर्घकालीन हितका लागि पनि घातक हुनेछ। त्यसपछि राजसंस्थाको मुद्दा ओझेलमा पर्नेछ। नेपालको दिर्घकालीन शान्ति र स्थिरता असंभव हुनेछ।

त्यसैले ‘हिन्दू अधिराज्य’मा संझौता नगर्नुहोला। ‘हिन्दू राष्ट्र’ मात्र भन्दै नभन्नुहोला। ‘हिन्दू राष्ट्र’ त ‘हिन्दू गणतन्त्र’ मा पनि संभव छ। हामीले ‘हिन्दू गणतन्त्र’ चाहेको होइन। राजसंस्था सहितको ‘हिन्दू अधिराज्य’ चाहेको हो।