१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्चका प्रस्तावित न्यायाधीशको सुनुवाइका लागि उजुरी आह्वान



अ+ अ-

काठमाडौं: सर्वोच्च अदालतमा नियुक्तिका लागि सिफारिस गरिएका छ जना प्रस्तावित न्यायाधीश र एक राजदुतका लागि संसदीय सुनुवाइ हुने भएको छ ।

संघीय संसदको संसदीय सुनुवाइ समितिले आज एक सूचना प्रकाशन गरी दश दिनभित्र सिफारिस गरिएका व्यक्तिका सम्बन्धमा उजुरी दिन आग्रह गरेको छ ।

सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीशहरुमा शारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिल कुमार पोखरेल र बालकृष्ण ढकाल रहनु भएको छ ।

यस्तै पोर्चुगलका लागि नेपाली राजदूतमा सिफारिस हुनु भएका शनिल नेपालको पनि सुनुवाइ हुन लागेको हो ।

नेपालको संविधान २०७२ मा सर्वोच्च अदालतका प्रधान न्यायाधीश समेत सर्वोच्च अदालतका न्यायाधीश, राजदूतहरु तथा संवैधानिक प्रमुख पदाधिकारीको संसदीय सुनुवाइ गर्ने व्यवस्था रहेको छ ।