६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

टंक बुढाथोकी र मेलिना राईको शुभहोस् माया नामक म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)



अ+ अ-

काठमाडौँ । शुभहोस् माया सफलहोस् जिवन नामक म्यूजिक भिडियो आज शुक्रबार एक भव्य समारोहको विच सार्वजनिक भएको छ । यस म्यूजिक भिडियो चलचित्र क्षेत्रका हस्तिहरु तथा वरिष्ठ कलाकारहरु विश्व बस्नेत, शर्मिला मल्ल, प्रकाश अधिकारी, रश्मि भट्ट, विना राउत, वाल कलाकारहरु एआर वुढाथोकी, आदित्यदेव रुपाखेती, आशिषदेव रुपाखेती लगायत अभिनय रहेको र मुख्य भुमिकामा प्रज्वल सुजल गिरी तथा समिक्षा क्षेत्रीले अभिनय गर्नुभएको छ । 

टंक बुढाथोकी र मेलिना राईको स्वरमा  रहेको यस गितमा संगित टंक बुढाथोकी र शव्द वेदेन्द्र ढकालको रहेको छ । गोविन्द राईकोे कोरियोग्राफी  रहेको यस म्यूजिक भिडियोको छायाँकन मुकेश हुमागाईले गर्नुभएको छ भने निर्देशन चर्चित निर्देशक कृष्णदेव रुपाखेतीले गर्नुभएको भिडियोको सम्पादन विनोद बमले गर्नुभएको छ ।

वसुन्धरा स्थित पानश  व्याङ्केटमा विवाहको रेसिप्सन समारोह देखाई दृष्याङ्कन गरिएको यस म्यूजिक भिडियोमा १५० जना अतिथीहरुको उपस्थिती रहेको थियो । हिन्दू संकार अनुसार गरिने विवाहका सम्पूर्ण विधी तथा प्रकृयाहरु समावेश यस म्यूजिक भिडियो एक ऐतिहासिक तथा कालजयी दस्तावेज हुनुका साथै सम्पूर्ण श्रोता तथा दर्शकहरुको मनजित्न सफलहुने विषयमा आपूmहरु ढुक्क भएको गायक टंक बुढाथोकी, गितकार तथा निर्माता वेदेन्द्र ढकाल तथा निर्देशक कृष्णदेव रुपाखेतीले वताउनु भएको छ । यस म्यूजिक भिडियो सफलताको लागि स्तम्भकारको तर्पm बाट  निर्माता, निर्देशक, गितकार तथा सम्पूर्ण कलाकारहरुमा हार्दिक वधाई तथा सुभकामना ।