२३ जेष्ठ २०८३, शनिबार
,
Latest
विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीनकुनेबाट पक्राउ परेका प्रसाईंका २०० समर्थक साँझ रिहा



अ+ अ-

काठमाडौँ । काठमाडौँको तीनकुनेबाट प्रहरीले आज पक्राउ गरेका २०० जनालाई अहिले रिहा गरेको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्षको प्रदर्शनका लागि जम्मा भएको भन्दै उनीहरुलाई प्रहरीले आज पक्राउ गरेको थियो ।

शुक्रबार पक्राउ परेका उनीहरुलाई अहिले केही बेर अगाडी रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुंगेलले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले तीनकुने क्षेत्रमा आन्दोलनका लागि प्रसाईलाई अनुमति नदिएको बताएपछि प्रहरीले उक्त क्षेत्रमा आज बिहादेखि प्रर्दशनका लागि जम्मा भएकाहरुलाई धमाधम पक्राउ गरेको थियो ।

शंकास्पद लागेका व्यक्तिहरुलाई मात्रै नियन्त्रणमा लिइएको प्रहरीले दाबी गरेको छ । दुर्गा प्रसाईलाई बिहीबार आन्दोलनका लागि प्रशासनले बल्खुस्थित त्रिवि परीक्षा नियन्त्रण कार्यालय नजिकै सडक तोकिदिएको थियो । प्रसाईले आन्दोलनलाई निरन्तरता दिन खोजेका छन् ।

बिहीबार तीनकुने क्षेत्रमा नेकपा (एमाले) का भ्रातृ संगठनहरु युवा संघ र अनेरास्ववियुले प्रदर्शन गरेका थिए । दुर्गा प्रसाईले भक्तपुरस्थित घरमा शुक्रबार बिहान पत्रकार सम्मेलन गर्दै आफूलाई आन्दोलनमा जान नदिइएको दाबी गरेका थिए ।




भर्खरै