२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीनकुनेबाट पक्राउ परेका प्रसाईंका २०० समर्थक साँझ रिहा



अ+ अ-

काठमाडौँ । काठमाडौँको तीनकुनेबाट प्रहरीले आज पक्राउ गरेका २०० जनालाई अहिले रिहा गरेको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्षको प्रदर्शनका लागि जम्मा भएको भन्दै उनीहरुलाई प्रहरीले आज पक्राउ गरेको थियो ।

शुक्रबार पक्राउ परेका उनीहरुलाई अहिले केही बेर अगाडी रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुंगेलले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले तीनकुने क्षेत्रमा आन्दोलनका लागि प्रसाईलाई अनुमति नदिएको बताएपछि प्रहरीले उक्त क्षेत्रमा आज बिहादेखि प्रर्दशनका लागि जम्मा भएकाहरुलाई धमाधम पक्राउ गरेको थियो ।

शंकास्पद लागेका व्यक्तिहरुलाई मात्रै नियन्त्रणमा लिइएको प्रहरीले दाबी गरेको छ । दुर्गा प्रसाईलाई बिहीबार आन्दोलनका लागि प्रशासनले बल्खुस्थित त्रिवि परीक्षा नियन्त्रण कार्यालय नजिकै सडक तोकिदिएको थियो । प्रसाईले आन्दोलनलाई निरन्तरता दिन खोजेका छन् ।

बिहीबार तीनकुने क्षेत्रमा नेकपा (एमाले) का भ्रातृ संगठनहरु युवा संघ र अनेरास्ववियुले प्रदर्शन गरेका थिए । दुर्गा प्रसाईले भक्तपुरस्थित घरमा शुक्रबार बिहान पत्रकार सम्मेलन गर्दै आफूलाई आन्दोलनमा जान नदिइएको दाबी गरेका थिए ।