२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेनुका पौडेलको पाउ छुँदै रणवीरले भने, ‘गायनकी देवी नम्बर २’



अ+ अ-

एजेन्सी । बलिउड अभिनेता रणवीर कपुरले नेपाली गायिका मेनुका पौडेलको प्रशंसा गरेका छन् । इन्डियन आइडलको स्टेजमा फिल्म ‘एनिमल’को प्रचारका लागि पुगेका रणवीरले मेनुको गायनबाट प्रभावित हुँदै प्रशंसा गरेका हुन् ।

कार्यक्रममा प्रस्तुतिको क्रममा मेनुकाले रणवीरकै फिल्म तमासाको ‘अगर तुम साथ हो’ गाएकी थिइन् । उक्त गीत सुनेपछि मन्त्रमुग्ध हुँदै रणवीरले प्रशंसा गर्दै उनको पाउ छुँदै आशीर्वाद समेत मागे ।

‘मेनुका जी मेरो नाम रणवीर हो । म तपाईसँग आशीर्वाद लिन चाहन्छु । ‘श्रेयाजीलाई देवी भन्छौँ । देवी नम्बर २ हाम्रो साथमा साक्षात् रूपमा उपस्थित हुनुहुन्छ ।’ रणवीरले भने ।

कार्यक्रममा रणवीरसँग फिल्मकी अभिनेत्री रश्मिका मन्दाना पनि सहभागी थिइन् । कार्यक्रममा रणवीरसँगै स्टेजमै चढेर रश्मिकाले पनि मेनुकाप्रति सम्मान व्यक्त गरेकी थिइन् । उक्त अवसरमा रणवीरले मेनुकालाई भोट गर्न समेत आह्वान गरे ।

मेनुका इन्डियन आइडलका कारण पछिल्लो समय चर्चामा छिन् । उनले सुरुवाती चरणमै ‘गोल्डेन माइक’ जितेकी थिइन् ।