२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

बालमन्दिर विद्यालयको नयाँ भवन निर्माणका लागि भारतद्वारा नेरु ४ करोड बढी अनुदान सहयोग

बालमन्दिर  विद्यालयको नयाँ भवन निर्माणका लागि भारतद्वारा नेरु ४ करोड बढी अनुदान सहयोग
अ अ+ अ-

उदयपुर ।  त्रियुगा नगरपालिका गाईघाटस्थित श्री बालमन्दिर माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि भारतद्वारा नेरु ४ करोड २९ लाख अनुदान सहयोग प्रदान गर्ने भएको छ । 

काठमाडौंस्थित भारतीय राजदूतावास, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र त्रियुगा नगरपालिकाबीच सोमबार (हिजो) चैत्र २३ गते सम्झौतापत्रमा हस्ताक्षर भएको छ । दूतावासको विकास साझेदारी तथा पुननिर्माण प्रभागका प्रमुख, त्रियुगा नगरपालिकाका मेयर र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिवले सो सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो । 

नेपाल–भारत मैत्री विकास साझेदारी कार्यक्रम अन्तर्गत अनुमानित ४ करोड २९ लाखको लागतमा यस परियोजनालाई उच्च प्रभाव सामुदायिक परियोजनाको रुपमा अघि बढाइने भएको छ । 

भारत सरकारले सन् २००३ यता साविकको ‘साना विकास परियोजना’ र हालको ‘उच्च प्रभाव सामुदायिक परियोजना’ अन्तर्गत ५२० भन्दा धेरै परियोजना अघि बढाएकोमा नेपालका सातै वटा प्रदेशमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटि, सरसफाई, तथा अन्य सार्वजनिक सुविधाका क्षेत्रमा हालसम्म ४४८ वटा परियोजना सम्पन्न भइसकेका छन् । उदयपुर जिल्लामा निर्माण सम्पन्न भएका सात र निर्माणका विभिन्न चरणमा रहेका आठ गरी प्रदेश १ मा मात्रै ६५ वटा परियोजना रहेका छन् । 

स्वास्थ्य, शिक्षा, खानेपानी, कृषि, सरसफाई तथा सार्वजनिक सुविधा, कनेक्टिभिटि, क्षमता अभिवृद्धि एवम् व्यवसायिक तालिम, ग्रामीण तथा दुर्गम क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन आदि जस्ता नेपाल सरकारले पहिचान गरेको प्राथमिकताका क्षेत्रमा पुर्वाधारको विकासका प्रस्ताव र पाँच करोड लागतभन्दा कमका परियोजनाहरु ‘उच्च प्रभाव सामुदायिक परियोजना’ अन्तर्गत परेका छन्। यस्ता परियोजनाहरुलाई ‘नेपाल–भारत मैत्री विकास साझेदारी’ कार्यक्रम अन्तर्गत लिएर  परियोजना क्षेत्रका जनतालाई लाभ प्रदान गर्न यी परियोजनाहरुको कार्यान्वयन स्थानीय सरकारमार्फत गरिने भएको छ । 

२०७२ सालको भूकम्पले क्षति पु¥याएका नेपालका आठ जिल्लामा ्भारतले नेरु ५.८ अर्ब अनुदानमा ७१ वटा शैक्षिक संस्थाको पुनर्निर्माण गरिरहेको छ । तीमध्ये आठवटा विद्यालयको निर्माण सम्पन्न भइसकेको छ भने ६२ वटा विद्यालय निर्माणाधीन अवस्थामा रहेका छन् । त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय निर्माण परियोजना भने टेण्डर प्रक्रियामा रहेको छ । 

नजिकको छिमेकी भएकोले भारत र नेपालबीच विशिष्ट मित्रता र सहकार्य रहिआएको छ । दुई देशबीच लामो समयदेखि अटूट बहुआयामिक विकास साझेदारी रहदै आएको छ । आज दुई पक्षबीच भएको सम्झौताले प्राथमिकताका क्षेत्रहरुमा पुर्वाधारको विकास गर्न नेपाल सरकारले गरेको प्रयासमा भारतले निरन्तर गर्दै आएको प्रतिबद्धतालाई प्रतिबिम्बित गरेको छ ।