• १ असार २०८१, शनिबार
  •      Sat Jun 15 2024
  •   Unicode
Logo

रणभूमि बन्यो बल्खु- तस्बिरहरु



काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं र उनका समर्थकहरुले राजधानीको बल्खुमा बिरोध प्रदर्शन गरिरहेका छन् ।

उनीहरुले हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ, गणतन्त्र खारेज गर्,नारायणहिटी खाली गर्, हिन्दु राष्ट्र कायम गर् लगायतका गणतन्त्र र व्यवस्थाबिरोधी नारा लगाएका छन् ।

जनप्रदर्शनको क्रममा प्रहरी र प्रदर्शनकारीहरूबिच पटक पटक झडपहरु भइरहेका छन् । झडपमा केही प्रदर्शनकारी सामान्य घाइते भएका छन् भने केहीलाई अस्पताल पठाइएको छ ।

झडपका क्रममा प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्याँस र पानीको फोहोरा पनि प्रयोग गरेको छ । प्रदर्शनकारीले पनि प्रहरीमाथि नाराबाजीसहित ढुंगामुढा गरेका थिए ।