१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

सुरक्षाको भरपर्दो व्यवस्था गर्न सबै निकायलाई प्रधानमन्त्रीको निर्देशन

सुरक्षाको भरपर्दो व्यवस्था गर्न सबै निकायलाई प्रधानमन्त्रीको निर्देशन
अ अ+ अ-

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सुरक्षाको भरपर्दो व्यवस्था गर्न रक्षा मन्त्रालय र मातहतका सबै निकायलाई निर्देशन दिनु भएको छ । 

रक्षा मन्त्रालयको कार्यभार समेत सम्हाल्नु भएका प्रधानमन्त्री देउवाले सुरक्षा सुशासन र विकासको पूर्वसर्त भएको उल्लेख गर्दै त्यसको भरपर्दो व्यवस्था गर्न सम्बन्धित सबै मन्त्रालय र निकायलाई निर्देशन दिनु भएको हो । शुक्रबार सिंहदरवारस्थित रक्षा मन्त्रालयको दोस्रो चौंमासिक समीक्षा बैठकमा बोल्दै उहाँले विकास, निर्माणको कामलाई सहज ढंगले अघि बढाउन पनि सुरक्षा जस्तो संवेदनशील विषयलाई उच्च प्राथमिकता दिनुपर्ने स्पष्ट पार्नु भयो । 

त्यस अवसरमा प्रधानमन्त्री देउवाले चालू आर्थिक वर्षको कार्यक्रम समयमै सम्पन्न गराउन पनि आफ्नो मन्त्रालयलाई सचेत गराउनु भएको रक्षासचिव किरणराज शर्माले जानकारी दिनु भयो । उहाँले भन्नु भयो, ‘सम्माननीय प्रधानमन्त्रीज्यूले रक्षा मन्त्रालय मुलुकको सुरक्षा तथा प्रतिरक्षाजस्तो महत्वपूर्ण र संवेदनशील जिम्मेवारी बोकेको मन्त्रालय हो । सुरक्षा, सशासन र विकासको पूर्वसर्त हो । भरपर्दो सुरक्षा प्रबन्ध नभई मुलुकमा एकातिर विकास, निर्माणका कार्यहरुलाई सहज रुपमा अघि बढाउन सकिन्न भने अर्कोतर्फ यसले पार्ने असरहरुलाई पनि हेर्नुपर्ने हुन्छ भनेर सुरक्षालाई उच्च प्राथमिकतामा राखेर सम्माननीय प्रधानमन्त्रीज्यूले यसलाई सम्बन्धित मन्त्रालय, निकायहरुले उच्च प्राथमिकतामा राख्न निर्देशन दिनु भएको छ । 

कयौं संवेदनशील विषयहरुमा समेत सम्मानीय प्रधानमन्त्रीज्यूले निर्देशन जारी गर्नु भएको छ । सम्माननीय प्रधानमन्त्रीज्यू र अन्य उच्च विशिष्ट व्यक्तिहरुबाट जुन निर्देशन प्राप्त भएको छ । त्यसलाई हामीले सतप्रतिशत रुपमा कार्यान्वयन गरेर चालू खर्चलाई सीमामा राख्ने, पूँजीगत खर्चलाई वृद्धि गर्ने र समयमै आयोजनाहरु सम्पन्न गर्ने र सबै कार्यक्रमहरुलाई उच्च प्राथमिकतामा राखेर समयमै सम्पन्न गर्ने हामीले एथेष्ट लक्ष्य राखेका छौं । यसमा सबैको सहयोग, समन्वय र सहजीकरण भईराखेको छ ।’

त्यस अवसरमा नेपाली सेनाको सबलीकरण, आधुनिकीकरण, सैनिक विश्वविद्यालयको स्थापनालगायतका विषयमा पनि छलफल गरिएको रक्षा मन्त्रालयले जनाएको छ । यता, रक्षा सचिव शर्माले बैठकमा आएका महत्वपूर्ण निर्देशन तथा सुझावलाई आत्मसात गर्दै कार्यान्वयनमा लैजाने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।