• २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
  •   Unicode
Logo

बलिङ र ब्याटिङ गर्दै ओली‍‍‍‍…



गण्डकी । पोखरामा आजबाट केपी ओली कप टी-२० क्रिकेट प्रतियोगिता सुरु भएको छ ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेका हुन् ।

अध्यक्ष ओलीले बलिङ र ब्याटिङ गर्दै प्रतियोगिताको उद्घाटन गरेका हुन् । प्रतियोगिताको उद्घाटन खेलमा आयोजकको मदन भण्डारी स्पोर्ट्स एकेडेमी ‘रातो’ र बागमती प्रदेशबिच भैरहेको छ । एकेडेमी ‘रातो’ले टस जितेर कप्तान अमर मिश्रले पहिले फिल्डिङ रोजेका छन् ।  बागमतीको कप्तानी सन्दीप लामिछानेले गरेका छन् ।

प्रतियोगितामा ७ प्रदेशका ७ टिम, विभागीय टिमहरू नेपाल पुलिस, नेपाल आर्मी, एपीएफ र मदन भण्डारी स्पोर्टस एकेडेमीको २ गरी १२ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । म्यान अफ द सिरिजले नगद ३० हजार, बेस्ट बलरले नगद २० हजार र म्यान अफ द म्याचले नगद ५ हजार रूपैयाँ नगद प्राप्त गर्ने छन् ।