२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

लोकतान्त्रिक कम्युनिष्ट शक्तिहरुसँग एकतावद्ध भएर जान्छौं: एमाले नेता नेपाल

लोकतान्त्रिक कम्युनिष्ट शक्तिहरुसँग एकतावद्ध भएर जान्छौं: एमाले नेता नेपाल
अ अ+ अ-

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले निर्वाचन आयोगले वैधानिक रुपमा नेकपा एमाले केपी ओलीलाई दिए नआत्तिन नेता, कार्यकर्तालाई आग्रह गर्नुभएको छ । मंगलबार आफू निकट बागमती प्रदेश कमिटीको बैठकमा बोल्दै नेता नेपालले निर्वाचन आयोगले केपी ओलीलाई बैधानिकता दिई अध्यक्ष मानेमा नआत्तिन आग्रह गर्नुभएको हो ।

उहाँले समस्या आएमा समाधान पनि निकाल्ने बताउनुभयो । आफ्नो पक्षमा लागेका कुनैपनि नेता कार्यकर्तालाई बिचैमा अलपत्र नपार्ने पनि नेता नेपालले बताउनुभयो । एउटै डुङ्गामा यात्रा गर्नेहरुलाई आफूले सफलताका साथ वारीबाट पारी पुर्‍याई छाडने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो ‘भोलि बैधानिकरुपमा नेकपा एमालेमा केपी ओली नै अध्यक्ष हो भनेर निर्वाचन आयोगले भन्यो भने के गर्नुपर्ला भनेर तपाईहरुलाई परेको होला, नआतिनुहोस् जहाँ समस्या छ त्यसको समाधान छ । समाधान हामी निकाल्ने छौं । त्यसो हुनाले बीचमा तपाईहरुलाई छाड्ने छैनौं । तपाईहरु र हामी एउटै डुङ्गामा सवार भएका छौं त्यो डुङ्गालाई सफलताका साथ वारीबाट पारी पु¥याई छाडने छौं । लक्ष्यसम्म पुगि छाडने छौं । त्यसो हुनाले आत्तिनुपर्ने केही छैन ।’

नेता नेपालले आफूहरु लोकतान्त्रिक कम्युनिष्ट शक्तिहरुसँग एकतावद्ध भएर जान चाहिरहेको पनि स्पष्ट पार्नुभएको छ । त्यस क्रममा विभिन्न राजनीतिक दलहका नेतृत्वहरुसँग कुराकानी भइरहेको पनि बताउनुभयो । उहाँले भन्नुभयो ‘हामीले संयुक्त जनमोर्चासँग कुरा ग¥यौं उहाँहरु पनि सकारात्मक हुनुहुन्छ, नेकपा माओवादी मोहन बैद्यजीहरुको समूहसँग कुरा गर्‍यौं उहाँहरुपनि सकारात्मक हुनुहुन्छ, अरु लोकतान्त्रिक पार्टीहरुपनि हाम्रो कुरालाई सकारात्मक रुपमा लिइरहनु भएको छ । हामी सबै सकारात्मक शक्तिहरुसँग एकतावद्ध भएर जान चाहन्छौं । हामीले कसैप्रति नकारात्मक भाव राख्नुपर्ने छैन । तर यदी हाम्रो पार्टी अगाडी बढ्ने क्रममा कसैले बाधा अवरोधहरु खडा गर्‍यो भने त्यसका विरुद्धमा हामी जुध्नका लागि तयार छौं । यही संकल्पका साथ हामी यहाँ भेला भएका छौं ।’

आफूलाई केपी ओली पक्षले भावनात्मक ब्ल्याकमेल गरिरहेको पनि बताउनुभयो । आफूलाई प्रचण्डसँग मिल्न जाने, कार्यकर्ता बन्न जाने भन्दै ब्ल्यकमेल गरिरहेको बताउनुभयो । तर केपी ओलीले प्रचण्डसँग चोचोमोचो मिलाउँदा विरोध गर्ने व्यक्ति आफू नै भएको बताउनुभयो । अहिले प्रचण्ड र अन्य दलहरुसँगको दुरी बढाउनका लागि र आफ्नो सत्ता जोगाउनका लागि केपी ओलीले देशको हितमाथि कुठाराघात गरिरहेको नेता नेपालले बताउनुभयो ।

उहाँले भन्नुभयो ‘कहिलेकाहिं भावनात्मक ब्ल्याकमेल हुन्छ । भावनात्मक ब्ल्याकमेल के हो भन्दाखेरी माओवादीसँग नजिक हुने, प्रचण्डको कार्यकर्ता हुन जाने, हिजो केपी ओली र प्रचण्डको चोचोमोचो मिलेको थियो की थिएन ? मै हुँ त्यो आवाज उठाउने । दुईवटाको चोचोमोचो मानिदैन भन्ने मान्छे मै हुँ । आज आएर प्रचण्डसँगको दुरी बढाउनका लागि र अरुपार्टी सँगको दुरी बढाउनका लागि आफू भने अत्यन्तै तल्लो दर्जामा गइकन सत्ता जोगाउनका लागि जुनसुकै तहमा पनि सम्झौता गर्न तयार भएको व्यक्तिको बारेमा मैले चर्चा गर्नु पर्दैन । देशको हितमाथि कुठाराघात गर्नुपर्ने हो की, संविधान नै समाप्त पारिदिने हो की, संघीयता नै निलिदिने हो की समावेसिता नै समाप्त पार्ने हो की गणतन्त्र नै खाइदिने हो की, ४७ सालको संविधान व्युताउने हो की, देशलाई विभिन्न जातीय आधारमा खण्ड विखण्ड पारिदिने हो की, अनि धार्मिक हिसाबले पुरै एउटा राज्य एउटा धर्मको देश बनाएर अरु धर्मका मान्छेहरुलाई अत्यन्तै असहज अवस्थामा बस्ने स्थितिमा पु¥याईदिने हो की यावत कुराहरुमा मान्छेले गहिरो गरी वाच गरिरहेका छन् ।’ 

केपी ओलीले आफूहरुलाई छ महिनाका लागि निलम्बन गरेर आफ्नो बास्तविक स्वरुप देखाएको पनि नेता नेपालले बताउनुभयो । आफूहरुमाथि कारबाही गर्दा घोडा टेक्न आउँछनकी भन्ने भ्रम केपी ओलीमा रहेको पनि उहाँले बताउनुभयो । अहिले प्रतिनिधि सभा व्युतिएपछि पनि ओलीले चुनाव गराउँछु भन्दैं हिंडिरहेको पनि बताउनुभयो । उहाँले भन्नुभयो ‘जब केपी ओलीले आफ्नो वास्तविक स्वरुप देखाउनुभयो र अहिले आएर पार्टीको स्थापना गर्ने हामी जस्ता नेतालाई छ महिनाको लागि उहाँले निलम्बन भनेर घोषणा गर्नुभयो । मलाई निलम्बन गर्ने घोषणा गर्नुभयो ।

भीम रावललाई निलम्बन गर्ने घोषणा गर्नुभयो अनि घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई त ब्राइकेटमा के पनि लेखिदिएको छ भने की तपाईहरु प्रतिनिधि सभाको सदस्य हुनुहुन्छ हाललाई हटाएको छैन । डरले थरथर काम्छन की घोडा टेक्छन की समर्पण गर्छन की मेरो पद जोगाईदेउ भन्छन की भनेर लेखेको होला । त्यो पद त उहिले गइसकेको थियो । उहीले भङ्ग गरेको होइन प्रतिनिधि सभा । प्रतिनिधि सभा त केपीले नचाहँदानचाहँदै पनि सर्वोच्च अदालतले व्युताइदिएको हुनाले केही महिनासम्म बसेका छौं । सँधै सुनेका छौं अब चुनाव छिटो हुन्छ । केपी ओली ले नै चुनाव गराउँछन अब हेर्न बाँकी नै छ ।’

नेता नेपालले केपी ओलीसँग जोडिएका व्यक्तिहरुले आफूहरुलाई पहिला देखि नै सताउँदै आएको पनि बताउनुभयो । २०५१ साल देखि नै मदन भण्डारी फाउण्डेसन बनाएर पार्टीमा गुटको कमिटी बनाउँदै केपी ओली हिंडेको स्पष्ट देखिएको पनि उहाँले बताउनुभयो । अहिले आफूहरुले पार्टी जोगाउन र बचाउन धेरै प्रयत्न गरेपनि केपी ओलीको अगाडी नसकेको पनि नेता नेपालले बताउनुभयो । केपी ओलीको प्रवृतिलाई आफूहरुले स्वीकार गर्न नसक्ने पनि स्पष्ट पार्नुभयो ।

ओलीसँग आफूहरुको विचारमा विवाद भएको पनि बताउनुभयो । आफूहरु सामुहिकता, बहस र विचार मन्थनमा विश्वास गर्ने तर अध्यक्ष ओली व्यक्तिवादी, आदेश र निर्देशनमा विश्वास गर्ने भएकाले विवाद भएको पनि नेता नेपालले बताउनुभयो ।