• १३ असार २०८१, बिहीबार
  •      Thu Jun 27 2024
  •   Unicode
Logo

प्रसाईं र युवा संघको शक्ति प्रदर्शनले सडक प्रभावित



काठमाडौं । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल र दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानले आज काठमाडौंमा छुट्टाछुट्टै शक्ति प्रदर्शनका कारण उपत्यकाको जनजीवन प्रभावित भएको छ ।

दुबै समुहका विभिन्न स्थानबाट निस्कने जुलुस तोकिएको स्थानमा पुग्ने हुँदा सवारी साधनको चहल पहल कम भएको छ । युवा संघले तीनकुनेमा र प्रसाईंको समूहले बल्खुमा प्रदर्शन गर्न लागेका हुन् ।

दुवै पक्ष उपत्यकाका विभिन्न ठाउँबाट जुलुस निकालेर कार्यक्रमस्थल पुग्ने तयारीमा छन् । ट्राफिक प्रहरी कार्यालयले अत्यावश्यक अवस्थामा मात्र सवारीसाधन प्रयोग गर्न अनुरोध गरेको कारण पनि राजधानीका सडकमा कम संख्यामा सवारी साधन गुडेका छन् ।