६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रसाईं र युवा संघको शक्ति प्रदर्शनले सडक प्रभावित



अ+ अ-

काठमाडौं । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल र दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानले आज काठमाडौंमा छुट्टाछुट्टै शक्ति प्रदर्शनका कारण उपत्यकाको जनजीवन प्रभावित भएको छ ।

दुबै समुहका विभिन्न स्थानबाट निस्कने जुलुस तोकिएको स्थानमा पुग्ने हुँदा सवारी साधनको चहल पहल कम भएको छ । युवा संघले तीनकुनेमा र प्रसाईंको समूहले बल्खुमा प्रदर्शन गर्न लागेका हुन् ।

दुवै पक्ष उपत्यकाका विभिन्न ठाउँबाट जुलुस निकालेर कार्यक्रमस्थल पुग्ने तयारीमा छन् । ट्राफिक प्रहरी कार्यालयले अत्यावश्यक अवस्थामा मात्र सवारीसाधन प्रयोग गर्न अनुरोध गरेको कारण पनि राजधानीका सडकमा कम संख्यामा सवारी साधन गुडेका छन् ।