• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान ★   एसिया कप खेल्ने नेपाली टोलिको घोषणा ★   मनीताले पेरिस ओलम्पिक खेल्ने ★   इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन ★   अन्य थप ऐन संशोधनलाई प्राथमिकता दिन काँग्रेसलाई निजी क्षेत्रको सुझाव ★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने

युवा संघ र प्रसाईं समूहले आज काठमाडौँमा छुट्टाछुट्टै प्रदर्शन गर्दै



 

काठमाडौँ ।नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल र ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियानले आज काठमाडौँमा छुट्टाछुट्टै प्रदर्शन गर्दैछन् ।

युवा संघले काठमाडौँको तीन कुने र व्यवासायी दुर्गा प्रसाईं संयोजकत्व मा रहेको महाअभियानले बल्खुमा कार्यक्रम गर्दैछन् ।

युवा संघले भक्तपुरको सल्लाघारीबाट जुलुस निकाली कोटेश्वर–च्यासलस्थित पार्टी कार्यालय हुँदै बिहान ११ बजे तीनकुनेमा सभा गर्ने तयारी गरेको छ ।
प्रसाईँको महाअभियान सानोठिमीस्थित एसओएसबाट पेप्सीकोला–मित्रपार्क–चावहिल हुँदै दिउँसो १ बजे बल्खु पुग्नेछ ।

यसैगरी उपत्यकाका बिभिन्न स्थानबाट निस्कने जुलुस बल्खु पुग्ने मार्ग अभियानले तय गरेको छ ।

एकैदिन दुई समूहले प्रदर्शन गर्ने भएपछि उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको छ । काठमाडौं प्रहरी प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भूपेन्द्र खत्रीले काठमाडौंका ९० भन्दा बढी ठाउँमा मोबाइल टोली, तयारी अवस्थामा रहनेहुदा सुरक्षा प्रवन्ध गरिसकेको र प्रभावकारी रुपमा सुरक्षा व्यवस्थालाई अघि बढाइएको बताउनु भयो ।