१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

चितवनका भूमिहीनले पाए जग्गाधनी प्रमाणपत्र

चितवनका भूमिहीनले पाए जग्गाधनी प्रमाणपत्र
अ अ+ अ-

चितवनः सरकारले चितवनका भूमिहीनहरुलाई जग्गाधनी प्रमाणपत्र वितरण गरेको छ ।

शुक्रवार चितवनको इच्छाकामना गा.वि.स.७ तथा साविकको जुटपानी गा.वि.स. ९ क का भूमिहीनहरुलाई सरकारले गाउँ ब्लक जग्गाधनी प्रमाण पुर्जा वितरण गरेको हो । प्रमाणपत्र वितरण कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले लालपुर्जा नहुँदा राष्ट्रियता बिहीन भएर बस्नुपरेको अवस्थालाई केन्द्रित गर्दै जग्गाधनी प्रमाणपत्र वितरण गरिएको बताउनु भयो ।

उहाँले जग्गाधनी प्रमाणपत्र नहुँदा नागरिकतासमेत नपाएको र संविधानले दिएको अधिकारको उपभोग समेत गर्न नपाएको बताउनु भयो । मन्त्री श्रेष्ठले यसअघिका सरकारले जग्गाधनीहरुलाई लालपुर्जा उपलब्ध गराउने काम प्राथमिकतामा नराखे पनि अहिलेको सरकारले जग्गाधनीहरुलाई लालपुर्जा दिने काम पहिलो प्राथमिकतामा राखेको बताउनु भयो । मन्त्री श्रेष्ठले वास्तविक भूमिहीनहरुलाई अधिकार प्राप्त गर्नबाट वञ्चित गराउन नहुने बताउनु भयो ।

मन्त्री श्रेष्ठले भन्नुभयो, ‘लालपुर्जा नभएको कारणले गर्दा राष्ट्रियता बिहीन भएर बस्नुपरेको अवस्था छ । नागरिकता पनि नपाएको अवस्था, नागरिकता नभएपछि त्यो व्यक्ति यो देशको नागरिक भएन नि । यो देशको नागरिक नै नभएपछि यो देशको संविधानले दिएको अधिकार उपभोग गर्न पायो त ? यो स्थिति दर्दनाक रहेछ । त्यसपछि हामीले सरकारमा सल्लाह गरेर यसलाई प्राथमिकतामा राखेर अभियान चलाउँ भन्ने हिसावले तुरुन्तै महोत्तरीको रामगोपालपुर बाट सदरमुकाममा होइन, समस्या जहाँ हो त्यहीँ लालपूर्जा वितरणको थालनी गरेका थियौँ । त्यसपछि सप्तरी र देशभर नै यो अभियान चलाइयो ।'

उहाँले भन्नुभयो, 'यो अभियान अन्तर्गत करिव १२ हजार नागरिकहरु जो आफ्नो सबै अधिकार प्राप्त हुँदाहुँदै पनि कानूनि रुपबाट अधिकार पाउनबाट वञ्चित हुनुपरेको थियो । यहाँ यसअघि पनि धेरै जनप्रतिनिधिहरु आए होलान्, यसअघि पनि गर्न सकिन्थ्यो तर प्राथमिकतामा परेन ।’

कार्यक्रममा जग्गाधनीको प्रमाणपत्र पाएकाहरुले खुशी व्यक्त गरेका छन् । अहिलेसम्मको सरकारले आफूलाई नेपाली नागरिक नै नठाने पनि यस सरकारले जग्गाधनी प्रमाणपत्र वितरण गरेर आफ्नो अधिकार दिलाएको बताए ।

लाभग्राही मध्येकी एक चममाया मगरले भन्नुभयो, ‘अहिलेको सरकारले दियो खुशी लागेको छ । अब आउने सरकारले दिन्छ दिँदैन, हामी नभए पनि हाम्रा छोरा नातीलाई त भयो नि ।’

टंक बहादुर, चममाया मगर, रामबहादुर गुरुङ समेतका लाभग्राहीहरुले कानूनी रुपबाट जग्गाको धनी बनेपछि संविधानले दिएको अधिकार पाउनेमा आशावादी रहेको बताए ।