२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

कानूनी पक्षहरुमा पूर्वतयारी गर्न ज्येष्ठ नागरिक मन्त्रालयलाई निर्देशन

कानूनी पक्षहरुमा पूर्वतयारी गर्न ज्येष्ठ नागरिक मन्त्रालयलाई निर्देशन
अ अ+ अ-

काठमाडौं । संसदको महिला तथा समाजिक समितिले वार्षिक कार्यक्रम निर्माण गर्दा कानूनी तथा नीतिगत पक्षहरुमा पूर्वतयारी गर्न महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई निर्देशन दिएको छ । मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले मन्त्रालयका लागि बजेट समयमै निकासा हुने भएपनि कार्यक्रम कार्यान्वयनमा लैजान प्रक्रिया मिलाउँदा बढी समयलाग्ने गरेको देखिएकाले कार्यक्रम निर्माण गर्दा नै कानूनी तथा नीतिगत पक्षहरुमा पूर्वतयारी गर्न मन्त्रालयलाई निर्देशन दिएको हो । 

समिति सभापति निरुदेवी पालले बैठकका निर्णय सुनाउँदै भन्नुभयो ‘वार्षिक कार्यक्रम स्वीकृत गर्नुपूर्व नै उक्त कार्यक्रम कति परिणामदायी छ, कार्यक्रमको विस्तार, कभरेजको सम्भावना एवं आवश्यकताको प्राथमिकता अनिवार्य रुपमा पहिचान गर्नुपर्दछ । त्यसैगरी कार्यक्रम कार्यान्वयनको लागि कार्यप्रक्रियाको स्पष्टता समेत यकिन गरिनु पर्दछ ।

बजेट समयमा नै निकासा हुने भएपनि कार्यक्रम कार्यान्वयनमा लैजान प्रक्रिया मिलाउँदा बढी समय लागिरहेको देखिएको छ जसले गर्दा लक्ष्य अनुरुप कार्यान्वयनको लागि चुनौति सिर्जना भएको देखिन्छ । तसर्थ आगामी वर्षको लागि वार्षिक कार्यक्रम तयार गर्दा हरेक कार्यक्रमको लागि कार्यसम्पादन गर्ने ढाँचा, सोको विद्यमान संरचनाको अवस्था, कानूनी तथा नीतिगत पक्षहरुको पूर्व विश्लेषण सहितको पूर्व तयारी अनिवार्य रुपमा गर्न गराउन समिति महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई निर्देशन गर्दछ ।’

समितिले वार्षिक रुपमा सम्पादित कार्यक्रमको उपलब्धि वा सिर्जित अवस्थाको मापन अनिवार्य गर्न समेत मन्त्रालयलाई निर्देशन दिएको छ । यस्तै प्रत्येक स्वीकृत कार्यक्रम कार्यान्वयन पछि प्राप्त भएको परिणाम अनिवार्य रुपमा मापन गरी सोको प्रतिवेदन सार्वजनिक गर्न पनि सभापति पालले निर्देशन दिनुभयो । उहाँले भन्नुभयो ‘अल्पकालिन कार्यक्रम जस्तो दिर्घकालिन कार्यक्रमको प्रतिफल परिणाम मापन गर्न सहज नहुने, परिणाममा नगई गुणमा आउने परिवर्तन मापन अझै कठिन हुने भएतापनि वार्षिक रुपमा सम्पादित कार्यक्रमको उपलब्धी वा सिर्जित अवस्थाको मापन अनिवार्य गरिनुपर्दछ । अन्यथा लाभ लागत एवं प्राप्त उपलब्धीको परिणाम पहिचान गर्न समेत सकिदैन तसर्थ प्रत्येक स्वीकृत कार्यक्रम कार्यान्वयन पश्चात प्राप्त परिणाम अनिवार्य रुपमा मापन गर्न र सोको प्रतिवेदन अनिवार्य रुपले सार्वजनिक गर्न समिति महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई निर्देशन गर्दछ ।’

मन्त्रालयको पूँजीगत खर्च र कार्यगत खर्च बढाउने गरी कार्यक्रम तयार गर्न समेत समितिले मन्त्रालयलाई निर्देशन दिएको छ । सभापति पालले भन्नुभयो ‘मन्त्रालयको हाल सम्मको पूँजीगत एवं कार्यक्रमगत खर्च धेरै नै न्यून देखिएकोले सुधार गर्न अपेक्षाकृत खर्च हुन नसक्नुमा संरचनागत, समन्वयगत एवं कार्यविधिगत समस्या देखिएको र यी समस्याहरु नयाँ नभएर पुरानै रहेका एवं समाधानका लागि हुनुपर्ने जति पहल समेत नभएको तर्फ समितिको गम्भीर ध्यानाकर्षण भएको छ । संरचनागत, समन्वयगत एवं कार्यविधिगत समस्याहरुलाई यथासिघ्र समाधान गर्न कार्यान्वयनमा रहेका कार्यक्रमहरुको नियमित अनुगमन, मुल्याङ्कन एवं पृष्ठपोषण गर्न समेत समिति महिला बालबालिका तथा ज्येष्ठ नागरिक मनत्रालयलाई निर्देशन गर्दछ । ’