४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या

२ दिनमा पनि रुघाखोकी निको नभए अस्पताल जान चिकित्सकको सुझाव

२ दिनमा पनि रुघाखोकी निको नभए अस्पताल जान चिकित्सकको सुझाव
अ+ अ-

काठमाडौं । वायु प्रदूषणका कारण उकुसमुकुस बनेको वातावरण । खानेपानी, विद्युत, सञ्चार लगायतका पूर्वाधार निर्माणका नाममा खोतलिएका सडकहरुबाट उड्ने धूलोको उस्तै समस्या । घरबाट बाहिर निस्किँदा विषाक्त प्रदूषणका कारण आँखा पोल्ने, जिउ चिलाउने जस्ता समस्या धेरै काठमाडौंबासीको साझा समस्या बनिरहेको बेला कोरोनाको दोश्रो लहर तीव्र बन्ने त्रास पनि उस्तै छ । सबैतिरबाट मानव स्वास्थ्यमा गम्भीर असर हुने वातावरण बनिरहेको बेला चिसो खानेकुरा त्याग्न, ध्रुमपान नगर्न, मर्निङवाकमा नजान विशेषज्ञ चिकित्सकहरुले सल्लाह दिएका छन् । 
नर्भिक इन्टरनेशल हस्पिटलका दम तथा छाति रोग विशेषज्ञ डा. सुरजकुमार गुप्ताले श्वासप्रश्वास प्रणाली नै जोखिममा पर्ने अवस्था सिर्जना भएको भन्दै काठमाडौंबासीले स्वास्थ्य, खानपान, रहनसहन र दैनिक क्रियाकलाप गर्दा विशेष ध्यान दिनुपर्ने बताएका छन् । 
यस्तो बेला मानव स्वास्थ्यमा हुनसक्ने असर, उमेर समूहअनुसारका व्यक्तिहरुलाई संभावित जोखिमबाट बचाउने उपाय र यस्तो बेलामा आफ्नो स्वास्थ्य जोगाउने विकल्प लगायतका विषयमा डा. गुप्ताले बुँदागत रुपमा सुझाव दिएका छन् । 
के असर गर्छ ?
एकातिर वातावरणीय प्रदूषण, अर्कोतर्फ धूलाम्य काठमाण्डौका कारण श्वासप्रश्वास प्रणालीमा असर गर्छ । यसले छालाको एलर्जी हुने, नाक, कान घाँटी, आँखा चिलाउने, छिटो छिटो रुघाखोकी लाग्ने, सास फेर्न गाह्रो हुने समस्या आउनसक्छन् । यस्तो बेलामा निमोनियाको जोखिम पनि उच्च हुन्छ । जसलाई सुरुदेखि नै दमको समस्या छ, उनीहरु अझ बढी जोखिममा पर्न सक्छन् । 
चौतर्फी देखिएको प्रदूषणले श्वासप्रश्वास प्रणालीमा मात्र नभई छालामा समेत विभिन्न समस्या निम्त्याइदिनसक्छ । यस्ता कुरामा लापरबाही बढ्यो भने समस्या क्रोनिक भएर मृगौला, मुटुजस्ता शरीरका महत्वपूर्ण अंगहरुमा समेत ठूलै समस्या निम्तिन सक्छ । 
मास्क नछाड्नू, हात धोइरहनू
हामीले कोभिडको समयदेखि नै मास्क लगाउन सिक्यौं, यो राम्रो पक्ष हो । अहिले पनि वातावरण प्रदूषणसँगै कोभिड पनि बढिरहेकै छ । यस्तो बेलामा मास्क अनिवार्य लगाउनुपर्छ । निरोगीले पनि मास्क छाड्नुहुन्न । कोरोनाको बिस्तार रोक्न पनि यो महत्वपूर्ण छ भने बायु प्रदूषणबाट फोक्सो लगायतका शरीरका महत्वपूर्ण अंग जोगाउन पनि मास्क लगाइरहने बानी बसाल्नुपर्छ । 
अफिसमा काम गर्दा वा स्कूलमा जाँदा वा घरमै बस्दा किन नहोस्, कुनै काम गरिन्छ वा केही छोइन्छ भने त्यसलगत्तै मिचीमिची हात धूने बानी बसाल्नुपर्छ । दिनमा कम्तीमा १० पटकसम्म हात धुने बानी बसाल्नु राम्रो हो । यस्तो बेलामा आँखाले नदेखिने धूलोका स–साना कणहरु अनुहारमा टाँसिएका हुनसक्छन्, त्यसलाई समय–समयमा पखाल्नका लागि दिनमा ४ पटक जति मुख धुने बानी बसाल्नु उत्तम हुन्छ । 
मर्निङ वाक नगएकै राम्रो
यस्तो बेलामा जुनसुकै उमेर समूहका व्यक्तिले घरबाहिर मर्निङवाक नगएकै राम्रो हुन्छ । शरीर र स्वास्थ्यका लागि मर्निङवाकमा जानु, व्यायाम गर्नु, सन्तुलित भोजन खानु निकै राम्रो हो । तर अहिलेको समय मर्निङ वाकका लागि प्रतिकूल समय हो । 
अहिले काठमाण्डौका कतिपय ठाउँहरुमा पार्कहरु बनेका छन् । त्यहाँ समेत मानिसहरु घुम्ने चलन छ । त्यस्ता ठाउँमा घुम्न जाँदा भीडभाड छ छैन ख्याल गर्नुपर्छ । भीडभाड हुने ठाउँमा यस्तो बेलामा नगएकै बेस हुन्छ । 
त्यसो त सरकारले पनि बारम्बार भीडभाड नगर्नु, भोजभतेर नगर्नु, पाटी आयोजना नगर्नु भनेर सूचित गरिरहेकै छ । यस्तो बेलामा जनताले समेत सरकारलाई साथ दिनुपर्छ । मापदण्डहरुको कडाईपूर्वक पालना गर्नु सबैको हितमा हुन्छ । 
यी लक्षण देखिए तुरुन्त अस्पताल जानुहोस्
यस्तो बेलामा तपाईलाई रुघाखोकी लाग्यो र २–३ दिनसम्म ठीक हुने संकेत देखिएन भने तुरुन्त डाक्टरलाई देखाउनुपर्छ । नियमित काम गर्दा सास फेर्न थोरै मात्र गाह्रो महसुस भयो भने पनि अस्पताल पुग्न ढिलाइ गर्नुहुन्न । सामान्य समस्या हुँदा हामी आफैं जान्ने भएर फार्मेसीमा गई औषधि लिएर प्रयोग गर्छौ, यो गलत मात्र होइन घातक प्रवृति हो । यी सबै मूर्खता छाडेर डाक्टरकोमा गइहाल्नु बुद्धिमता हुन्छ । 
प्रदूषण अचाक्ली बढेको बेलामा निमोनिया, फोक्सोमा पानी जम्ने, रगतमा इन्फेक्सन देखिने जस्ता समस्या हुन बेरलाग्दैन । त्यसकारण ज्वरो आएजस्तो हुने, थकान महसुस हुने जस्ता लक्षण देखिन्छन् भने अस्पताल पुग्न ढिलाई गर्नुहुन्न । २४ घण्टासम्म पनि तपाईलाई सहजता महसुस भएन, दैनिक काम गर्न अप्ठ्यारो भयो भने विशेषज्ञ चिकित्सकसँग सल्लाह लिनु राम्रो हुन्छ । यस्तो बेलामा स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो भन्ने कुरामा ध्यान दिनुहोस् । 
यस्तो बेलामा बालबच्चाको विषयमा झनै गम्भीर बन्नुपर्छ । मौसम परिवर्तन हुने समय समेत भएकोले यसलाई ‘एलर्जिक टाइम’ मानिन्छ । यस्तो बेलामा बालबच्चालाई रुघाखोकी त्यसै पनि लागिरहेको हुन्छ । तर, धेरै घ्यार घ्यार भयो, सास फेर्न कठिनाई भयो, सानो बच्चाले आमाको दूध चूसेन भने अस्पताल लैजान ढिलाई गर्नुहुन्न । बच्चाहरुले आफूलाई के भइरहेको छ भन्ने कुरा बताउन सक्दैनन्, तसर्थ बच्चाहरुको विषयमा लापरबाही गर्नुहुन्न । 

गुगल गर्नु कति ठीक ?
पछिल्लो समय युवाहरुमा सबै कुरामा समाधान गुगलमा खोज्ने चलन छ । यो राम्रो बानी होइन। गुगलले हामीलाई सूचना मात्र दिन्छ, त्यसको भरमा कुनै काम गर्नु हुँदैन । गुगलले बाटो मात्र देखाउने हो । गुगलमा हेरेको वा पढेको भरमा फार्मेसीमा गएर औषधि लिएर खानु त झनै ठूलो मूर्खता हो । हामी शिक्षित छौं, तर अशिक्षितले झै काम गर्छौ । फार्मेसीबाट डाक्टरको सिफारिसबिना औषधि लिनु घातक हुन्छ । 
जुनसुकै असपतालका डाक्टरलाई भेट्नुहोस्, परामर्श नराम्रो हुन्न । औषधि चाहिए औषधि दिन्छन्, नभए सही सल्लाह दिन्छन् । गुगलले वेआउट दिंदैन । त्यसकारण गुगलको सल्लाहको भरमा जे पायो त्यही औषधि सेवन गर्ने बानी त्याग्नुपर्छ । 

धुम्रपान छाड्नू, पेय पदार्थ नलिनू
अहिले युवाहरुमा धुम्रपान फेसनजस्तो बनेको छ । मास्क पनि प्रयोग नगर्ने, धुम्रपान पनि गर्ने र वायु प्रदूषणको अवस्था अझै बिग्रदै जाने हो भने यस्तो वातावरणमा धुम्रपान गर्नेहरुको ज्यानै जानसक्ने जोखिम हुन्छ । धुम्रपानले गर्दा कोभिड संक्रमण भए गम्भीर अवस्था त निम्त्याउँछ नै श्वासप्रश्वास प्रणालीमा मात्र नभई शरीरमा ९० प्रतिशत रोग यसकै कारण हुन्छ । एकातिर प्रदूषणले सास नै फेर्न कठीन परिरहेको समयमा उल्टो धुम्रपान गर्न थालियो भने र त्यस्तालाई कुनै संक्रमण भयो भने ९९ प्रतिशत बाँच्ने संभावना हुन्न । त्यसकारण आफ्नो मृत्यु आफैंले बोलाउने काम बन्द गरौं । धुम्रपान छाडेको राम्रो हो । 
प्रदूषणका कारण यसै पनि फोक्सोलाई असर पुर्याइरहेको छ, त्यसमाथि धुम्रपान गर्यो भने समस्या झनै क्रोनिक बन्नेछ । 

खानपानमा ध्यान 
यस्तो बेलामा खानपानमा पनि विशेष ध्यान दिनुपर्छ । भरसक चीसो खानेकुरा नखानुहोस् । तातो खानेकुरामा मात्र जोड दिनुपर्छ । पौष्टिक तत्वले भरिपूर्ण, ताजा, अर्गानिक उत्पादन खाने बानी बसाल्नुपर्छ । यस्तो बेलामा केटाकेटी, बूढापाका र रोगीहरुलाई कुनै पनि बाहानामा आइसक्रिम, फ्रोजन फूड, जंक फूड, चिसो पेय पदार्थहरु दिने भूल नगरौं । यस्ता वस्तुहरुको प्रयोगबाट कतिबेला निमोनिया हुन्छ र ज्यान नै जोखिममा पर्छ भन्ने टुंगो हुँदैन । यस्तोबेलामा चिल्लोपीरो पनि कम खानुपर्छ । सबै खानेकुरा उमालेर मात्र खाने गर्नुपर्छ । 

निश्कर्षमा वायु प्रदूषण, काठमाण्डौको धूलो धूँवा, त्यसमाथि बिस्तार हुँदै गएको कोभिड संक्रमणमा हामीले लापरबाही गर्यौं भने जुनसुकै बेला भयावह अवस्था निम्तिन सक्छ । कम्तीमा हरेक घरका सदस्यले, हरेक नागरिकले आफ्नो स्वास्थ्य, आफ्नो परिवार, समाज र देशबासीकै स्वास्थ्य जोगाउने दायीत्वबोध गरेर मास्क लगाउने, भीडभाड नगर्ने, भीडभाडमा नजाने, सरसफाईमा विशेष ध्यान दिने, धुम्रपान त्याग्ने, चिसो खानेकुरा र पेय पदार्थ भरसक नखाने, चिल्लोपीरो नखाने, घरमै व्यायाम गर्ने, प्रशस्त पानी पिउने, अर्गानिक वस्तुहरु मात्र खाने, विभिन्न खाद्यवस्तु उमालेर मात्र खाने जस्ता बानी बसाले धेरै हदसम्म आफ्नो फोक्सो जोगाउन सकिन्छ, आफू पनि जोगिन सकिन्छ। तपाई एकजनाको गल्ती, लापरबाहीका कारण पूरा परिवार, समाज र देशले नै दुःख नपाओस् ।