• २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
  •   Unicode
Logo
Latest
★   वायु प्रदुषण बढेकाले सावधानी अपनाउन अपिल ★   प्रेमीसँगको झगडापछि बिना लुगा र खाली खुट्टा होटलबाट निस्किइन् ब्रिटनी ★   चलचित्र ‘पूजार सार्की’को विषयमा दलित आयोगको चासो ★   सय रुपैयाँको नोटमा चुच्चे नक्सा राखिने ★   सरकारको आँकलन: एक वर्षको अवधिमा विपद्हरुबाट १ अर्ब २३ करोड रुपैयाँको क्षति ★   वैज्ञानिकहरूले पत्ता लगाए संसारको सबैभन्दा गहिरो खाडल ★   ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने ★   दमकमा परीक्षा दिएर फर्किरहेकी छात्रामाथि गोली प्रहार ★   विपद्का लागि सातै प्रदेशमा एयर एम्बुलेन्स जरुरी छ: गृहमन्त्री लामिछाने ★   एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर

पोखराको होटलमा अचेत अवस्थामा फेला परेकी महिलाको मृत्यु, ६ जना नियन्त्रणमा



काठमाडौँ । पोखराको एक होटलमा अचेत अवस्थामा भेटिएकी महिलाको मृत्यु भएको छ ।

मंगलबार पोखराको नागढुंगास्थित युनिक होटलमा तनहुँ भिमादकी ३८ वर्षीया सुकु विक अचेत अवस्थामा फेला परेकी थिईन् । होटलबाट उद्धार गरेर विकलाई चरक मेमोरियल अस्पतालमा उपचारका लागि लगिएको थियो । अस्पताल लगिएको केहिबेरमा डाक्टरले उनलाई मृत घोषणा गरिदिए ।

उनी पोखरा नागढुंगाकै शिला रेस्टुरेन्टमा २ वर्षदेखि काम गर्दै आएकी थिईन् । प्रारम्भिक अनुसन्धानमा घटना शंकास्पद देखिएको कास्कीका सूचना अधिकारी डीएसपी श्रवणकुमार विकले जनाए । घटनापूर्व विक र एक जना पुरुष होटलको कोठामा प्रवेश गरेका र साँझसम्म उनी ननिस्किएपछि होटल सञ्चालकले खोजी गर्दा अचेत अवस्थामा फेला परेका थिइन् ।

घटना अनुसन्धानका लागि प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ । विकको शव पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।