१९ मंसिर २०८२, शुक्रबार
,
Latest
सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु ओली देउवा निवासमा पुगे, जेनजी आन्दोलनपछि पहिलो भेट लुम्बिनीविरुद्ध जनकपुर टस जितेर ब्याटिङमा एनपीएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? २३ औँ भारत–रूस वार्षिक सम्मेलन शुरु भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण
तपाईं के खोज्दै हुनुहुन्छ ?

शाहरुखको पहिलो तलब मात्र ५० रुपैयाँ



अ+ अ-

एजेन्सी । के तपाईलाई थाहा छ बलिउडका ‘किंग’ भनेर चिनिने शाहरुख खानको पहिलो कमाई मात्र ५० रुपैयाँ थियो । वास्तवमा, पीटीआईसँगको पुरानो अन्तर्वार्तामा शाहरुख खानले आफ्नो करियरको सुरुवाती चरणको बारेमा एउटा रोचक कुरा भनेका थिए ।

उनले आफ्नो सुरुको तलब ५० रुपैयाँ मात्रै रहेको खुलासा गरे । उनले गायक पंकज उदासको सांगीतिक कार्यक्रममा प्रबन्धकको रुपमा काम गरे । यो कामको बदलामा उनले ५० रुपैयाँ पाए । आफ्नो पहिलो कमाईसँगै शाहरुख आगराको ताजमहल हेर्न गए ।

पठानजवान जस्ता ब्लकबस्टर फिल्मको सफलतापछि शाहरुख अहिले आफ्नो आगामी फिल्म डंकीको तयारीमा व्यस्त छन् । उनका फ्यानहरुले डंकीबाट धेरै अपेक्षा गरेका छन् । चलचित्रलाई बलिउडका चर्चित निर्देशक राजकुमार हिरानीले निर्देशन गर्दैछन् ।

राजु हिरानीसँग धेरै सफल कलाकारले काम गरेका छन् । तर शाहरुखले उनीसँग पहिलो पटक फिल्म डंकीमा काम गर्दैछन् । फिल्ममा शाहरुख बाहेक तापसी पन्नु, विक्की कौशल र बोमन इरानी जस्ता अनुभवी कलाकारहरु देखिनेछन् ।