• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   बालुवाटारमा सत्तारुढ दल र कांग्रेसबीच छलफल जारी ★   नेपाली काँग्रेस संसदलाई मुठभेडमा लैजान चाहन्छः एमाले ★   भोलिसम्म राजनीतिक गत्यावरोधले निकास पाउँछः प्रधानमन्त्री ★   राष्ट्रिय राजनीतिमा तमासा हेरिरहेका छौँः अध्यक्ष नेपाल ★   प्रधानमन्त्रीलाई काँग्रेस नेता कोईरालाको प्रश्नः कति पटक विश्वासको मत लिनुहुन्छ ? ★   आईपीएलमा आजः को पुग्ला प्लेअफमा, चेन्नई कि बैंगलोर ? ★   सडकमा एक्लै घुम्न चाहन्छन् कोहली, तर फ्यानहरुले घेर्छन् भनेर डरले… ★   बेलायती प्रधानमन्त्रीले पहिलोपटक टेन डाउनिङमा नेपाली समुदायलाई सम्बोधन गर्दै ★   एक सय दुई वर्षमा आँखाको ज्योति फर्किएपछि… ★   संसद् सधैँ बन्धक बन्न सक्दैन : सभामुख घिमिरे

स्थिति नियन्त्रण भन्दा बाहिर जानु अगाबै निकास खोज्न मिश्रको आग्रह



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले ‘मुलुकका समस्या सर्भिसिङ’ गरेरमात्र नहुने ‘ओभरहलिङ’ नै गर्नुपर्ने बतानु भएका छ ।

उहाँले जति ढिलो गर्यौँ, उति यो बिग्रिँदै जाने भन्दै नवीनसमझदारी को बाटो पहिल्याउन ढिलो नगर्न आग्रह गर्नुभएको छ ।

मंसीर ७ गतको अभियानमा सहभागी हुन आएका महिलाहरु माथी ज्यादती भएको उल्लेख गर्दे उहाँले सामाजिक संञ्जालमा लेख्नुभएको छ-

हुँदैन के, चल्दैन यसरी – मान्नोस् न!

समस्या राती गएर महिलाहरूमाथि बल प्रयोग गर्नेहरूमा होइन। समस्या यो व्यवस्थाले निर्माण गरेको राजनीतिक चरित्रमा छ।

समाजको पत्र-पत्र पतित भएको छ भनेर मैले त्यसै भनेको होइन।

हिजोमात्र होइन राजनीतिक भागबण्डमा सर्वोच्चको न्यायाधिश सिफारिस भएको? अंश-अंशमा समाधान खोजेर के मात्रै सुधार्नु हुन्छ?

यस्तो लाग्दैछ, गणतन्त्र हाँक्ने भन्दा देशै ध्वस्त हुने बाटोमा जाँदा समेत गणतन्त्र जोगाऊँ भन्ने विद्वान, टिप्पणीकार, नागरिक समाजका अगुवा र मिडिया

यो देशको दुर्दशाका लागि अझ बढी जिम्मेवार छन्।

तिनले लिँडे ढिपी गरिरहे भने शान्तिपूर्णसंक्रमण हुने छैन र त्यो सुखद हुने छैन। स्थिति बसभन्दा बाहिर जानु अगाबै शान्तिपूर्णसंक्रमण मार्फत नवीनसमझदारी मा जाऊँ। नयाँ/पुराना प्रचण्डपन्थीहरूले राजसंस्थावादीहरूलाई या राजसंस्थावादीहरूले प्रचण्डपन्थीहरूलाई न्यूनिकरण गरेर कोही, काँही पुग्नुवाला छैन। देश बन्नेवाला छैन।

नवीनसमझदारी को बाटो पहिल्याउन ढिलो नगरौँ। समस्याका तदर्थ समाधानतिर नलागौँ। ‘सर्भिसिङ’ गरेर हुँदैन ‘ओभरहलिङ’ नै गर्नुपर्छ। जति ढिलो गर्यौँ, उति यो बिग्रिँदै जान्छ।