४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर

बन्दीपुरमा केबुलकार र सत्र तल्लाको पाँचतारे होटल

बन्दीपुरमा केबुलकार र सत्र तल्लाको पाँचतारे होटल
अ+ अ-

तनहुँ । बन्दीपुर केबुलकार एन्ड टुरिजमले निर्माण गरेको केबुलकार माघ १ गतेदेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ । ‘क्विन टावर’ नाम दिइएको १७ तल्लाको पाँचतारे होटल र केबुलकार एकैसाथ सञ्चालनमा ल्याउने तयारीका साथ अन्तिम चरणको कार्य भइरहेको छ ।

पहाडकी रानी उपनाउँले परिचित बन्दीपुरमा सञ्चालनको अन्तिम चरणमा रहेको केबुलकार र पाँचतारे होटलले यहाँको अर्थतन्त्र सबल बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ ।

टावरभित्र व्यवस्थापन तथा कोठाहरु मिलाउने र सभा हल निर्माण कार्य भइरहेको बन्दीपुर केबुलकार एन्ड टुरिजमका डाइरेक्टर इन्जिनियर हरिदत्त पौडेलले जानकारी दिनुभयो । त्यसैगरी केबुलकारतर्फ एकपटक परीक्षण गरिसकिएको र कुनै कुनै टावरमा सामान्य सुधार गर्नुपर्ने भएकाले अन्तिम तयारीको कार्य भइरहेको उहाँले बताउनुभयो । उहाँका अनुसार आउँदो माघ १ गतेदेखि सञ्चालनमा ल्याउने गरी तीव्र गतिमा काम भइरहेको छ । केबुलकार सञ्चालनका लागि अन्तर्राष्ट्रियस्तरको गुणस्तरीय अनुमतिपत्र लिनका लागि प्रक्रियामा रहेको छ ।

रु ५० देखि २५ हजारसम्म टिकट शुल्क

जिल्लाको बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा तल्लो स्टेसन र सोही वडाको बरालथोकसम्मको एक हजार सात सय मिटर दूरीमा केबुलकार निर्माण गरिएको छ । बन्दीपुर केबुलकारमा रु ५० देखि २५ हजारसम्म टिकट शुल्क कायम गरिएको कम्पनीले जनाएको छ । पृथ्वी राजमार्गमा रहेको तल्लो स्टेसनबाट माथि बन्दीपुर बजारमा कलेज पढ्न जाने र आउने विद्यार्थी तथा ६५ वर्षमाथिका नागरिकलाई टिकट दरमा सहुलियत गरिएको छ ।

एसियाकै ठूलो दाबी गरिएको बन्दीपुरको सिद्धगुफा र हरियाली डाँडाको मनोरम दृश्य अवलोकन गर्दै उक्त केबुलकारको यात्रामा मज्जा लिन सकिनेछ । केबुलकारको २१ डिब्बा यात्रु बोक्ने, छवटा रेष्ट्रो क्याबिन र दुई एड्भेन्चर गरी २९ वटा डिब्बा हुनेछन् । एक डिब्बामा आठजनासम्म यात्रुको क्षमता हुनेछ । एड्भेन्चर डिब्बा अन्य डिब्बाको तुलनामा फरक किसिमको हुनेछ । त्यो सिसैसिसाको र आधुनिक किसिमबाट निर्माण गरिएको हुने इन्जिनियर पौडेलले बताउनुभयो । केबुलकारभित्रै सुत्न र खान पाइने व्यवस्थासहित रेष्ट्रो क्याबिनसमेत सञ्चालन गर्ने योजना रहेको छ ।

केबुलकार र पाँचतारे होटल गरी कूल रुतीन अरब ५८ करोडको लागतमा निर्माणसम्पन्न हुन लागेको हो । बन्दीपुर आउने पर्यटकले केबुलकारमा सुतेरै रमणीय प्राकृतिकस्थलको अवलोकन र भरपुर मनोरञ्जन लिन सक्नेछन् । करिब डेढ महिना सुरक्षाको हिसाबले पटकपटक केबुलकारको परीक्षण कार्य सम्पन्न गरिसकेको छ । असोज महिनाबाट सञ्चालनमा ल्याउने तयारी गरे पनि प्राविधिक कारणले ढिलाइ हुन गएको हो । बन्दीपुरमा घुम्न आउने पर्यटकहरुले नयाँपन र भरपुर मनोरञ्जन पाउनेछन् । पाँचतारे होटलबाट  बन्दीपुर उपत्यकासहित विभिन्न जिल्लाका रमणीय डाँडाकाँडा र फाँटहरु सजिलै देख्न सकिनेछ । उक्त होटलको करिब ९५ प्रतिशत कार्य सम्पन्न भइसकेको छ । रङ्गरोगन र अन्य तयारीको व्यवस्थालगायत केही काम बाँकी रहेकोे छ ।

केबुलकारमा यात्रुको आवतजावतको समयपश्चात् साँझपख केबुलकारभित्र रेष्टुरन्ट सञ्चालन गरी खाना र सुत्न मिल्ने सुविधा प्रदान गरिने कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले बताउनुभयो । तल्लो र माथिल्लो स्टेसनमा रेष्टुरेन्ट हुने भएकाले रेष्ट्रो प्याकेजमा पर्यटकलाई सेवा दिइनेछ । “उहाँले भन्नुभयो, “कम्पनीले शाकाहारी, मांसाहारी लगायतका खानेकुरासँगै पेयपदार्थसमेत उपलब्ध गराइने  छ ।” प्रत्येक साँझ ५ बजेपछि केबुलकारमा सो सुविधा प्रदान गरिने योजना रहेको छ । केबुलकारभित्र रेष्ट्रोको सुविधामा प्रत्येक दिन आकर्षण र हट प्रडक्ट बन्छ, प्रत्येक दिनको खाली समय साँझ ५ देखि ९ बजेसम्म उक्त सेवा दिइनेछ ।

त्यसैगरी केबुलकारको प्रवेशद्वारमा रु २६ करोडको लागतमा अर्को सुविधासम्पन्न आधुनिक होटल पनि निर्माण भइरहेको छ । उक्त होटल पनि छिट्टै सञ्चालनमा ल्याउने गरी निर्माण कार्य भइरहेको सो कम्पनीले जनाएको छ । बन्दीपुरमा ठूलो सङ्ख्यामा आउने पर्यटकलाई लक्षित गर्दै केबुलकार, रेस्ट्रो कार र तारेस्तरसम्मको होटल निर्माण गरिएको अध्यक्ष शर्माले बताउनुभयो । पृथ्वी राजमार्गमा रहेको तल्लो स्टेसनबाट बन्दीपुरमा निर्माण गरिएको सत्र तल्ले होटलभित्रै केबुलकार पुगेर टुङ्गिनेछ ।

सत्र तल्लाको पाँचतारे होटल

बन्दीपुरमा १७ तल्लाको ‘क्विन टावर’ नाउँ दिइएको पाँचतारे होटल निर्माण कार्य अन्तिम चरणमा रहेको छ । ‘हिलटप नाम दिइएको उक्त होटलमा करिब ९० वटा कोठा रहेको र तीमध्ये ७८ वटा कोठा बस्नका लागि प्रयोगमा ल्याइनेछ । एक हजारभन्दा बढी क्षमताको ठूलो सभा हललगायत निर्माण भइरहेको छ । होटलको सुरु तल्लाबाट १७ तल्लासम्म क्यापसुल लिफ्टबाट सिधै ‘क्विन टावर’ सम्म जान सकिने व्यवस्था रहेको बन्दीपुर केबुलकार एन्ड टुरिजमका डाइरेक्टर इन्जिनियर पौडेलले जानकारी दिनुभयो ।

बन्दीपुर केबुलकार र पाँचतारे होटल सञ्चालनमा आएपछि बन्दीपुरको पर्यटन प्रवद्र्धनमा ठूलो सहयोग पुग्ने अपेक्षा यहाँका व्यवसायीहरुको रहेको छ । बन्दीपुर आउने पर्यटकले केबुलकारमा सुतेरै रमणीय प्राकृतिक स्थलको अवलोकन गर्दै भरपुर मनोरञ्जन दिने कम्पनीको मुख्य लक्ष्य रहेको छ । “बन्दीपुरमा घुम्न आउने पर्यटकहरुलाई नयाँपन र भरपुर मनोरञ्जन प्रदान गर्नु कम्पनीको मुख्य लक्ष्य नै हो”, अध्यक्ष शर्माले भन्नुभयो ।

केबुलकार र पाँचतारे होटलको प्रचारपसारसँगै आन्तरिक एवं बाह्य पर्यटकको चलहपहलमा वृद्वि हुने बन्दीपुर पर्यटन विकास समितिका पूर्वअध्यक्ष बैंश गुरुङले बताउनुभयो । आर्थिक मन्दीका कारण निराश बनेका यहाँका होटल व्यवसायीहरु केबुलकार र होटल सञ्चालनमा आउने भएपछि उत्साहित भएका छन् । “बन्दीपुरमा अहिले पनि दैनिक पाँच सयको हाराहारीमा पर्यटकको आवागमन भइरहेको छ”, उहाँले भन्नुभयो, “पर्यटनको सङ्ख्या जृद्वि हुँदा यहाँका व्यापार व्यवसाय पनि फस्टाउन सहज हुनेछ ।” बन्दीपुरमा गत भदौको दोस्रो सातादेखि पर्यटकको चहलपहलमा वृद्वि हुँदै गएपछि यहाँका होटल व्यवसायीहरुले राहतको महसुस गर्न थालेका छन् ।

तल्लो स्टेसनको भवन अन्य केबुलकारको भन्दा फरक किसिमको टर्मिनल भवन रहेको छ । सोही भवनमा अति विशिष्ट कक्ष, खुल्ला रेष्टुरेन्ट (टुरिष्ट कोच), अतिथि स्वागत गर्नेलगायत कार्य एउटै भवनबाट हुनेछ ।

समग्र बन्दीपुरको विकासमा टेवा 

बन्दीपुर केबुलकार र होटल सञ्चालनमा आएपछि समग्र बन्दीपुरको पर्यटन प्रवद्र्धनमा आमूल परिवर्तन हुने अपेक्षा गरिएको छ । समग्र बन्दीपुरको विकाससँगै यहाँ सञ्चालित होटल र होमस्टे प्रवद्र्धनमा ठूलो सहयोग पुग्ने बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिनुभयो । “बन्दीपुरको विकासमा दूरगामी प्रभाव पार्नेछ”, उहाँले भन्नुभयो, “बन्दीपुरको पर्यटनमाथि उकासिनेछ । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका सेमिनार हल पनि बन्दीपुरमा निर्माण भएकाले पर्यटनको सङ्ख्यामा वृद्वि हुन्छ ।”

केबुलकारसँगै सिसाको भ्यू टावर, सिसाको पुललगायत मनोरञ्जनात्मक र साहसिक खेलका लागि निर्माणका कार्य तीव्र गतिमा भइरहेको छ । बन्दीपुरका खड्गमाई, बिन्दावासिनी, चामुण्डा र थानीमाईलाई जोडेर चारधामका रुपमा पर्यटन प्रवद्र्धन गर्न लागिएको छ । अध्यक्ष थापाले भन्नुभयो, “यहाँका ऐतिहासिक, धार्मिक र सांस्कृतिक क्षेत्रको विकासमा परिवर्तन आउनेछ, काँचुली फेरिनेछ ।”

शेयर निष्कासनको तयारी 

त्यसैगरी १२ प्रतिशत शेयर निकाल्ने तयारी गरिरहेको कम्पनीले जनाएको छ । यसमध्ये १० प्रतिशत कर्मचारी र सर्वसाधारणका लागि हुनेछ भने दुई प्रतिशत स्थानीयवासीका लागि छुट््याइनेछ । केबुलकार र ‘क्विन टावर’ र होटल सञ्चालनमा ल्याउनु अगावै शेयर निष्कासन गर्ने लक्ष्य राखिएको कम्पनीका अध्यक्ष शर्माले जानकारी दिनुभयो ।

“रु दुई करोड ५५ लाखको १२ प्रतिशत शेयर निकालिनेछ”, उहाँले भन्नुभयो, “केबुलकार तयारी अवस्थामा छ तर केबुलकार घुम्ने स्थानमा केही काम गर्नुपर्ने भएकाले असर पुग्ने देखिएका कारण रोकिएको हो ।” रासस