११ असार २०८३, बिहीबार
,
Latest
वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन विपी राजमार्गमा पुनर्निर्मित ‘ट्रयाक’बाट यातायात सञ्चालनको तयारी अवैध डलर, सुन र चाँदीसहित भारतीय नागरिक काठमाडौंबाट पक्राउ फिफा विश्वकप २०२६ ः दक्षिण अफ्रिका विश्वकपको नकआउट चरणमा प्रवेश सुनचाँदीको मूल्य घट्यो रास्वपा महाधिवेशनमा गृहमन्त्री सुधन गुरुङद्वारा मतदान बाढीपहिरोबाट निर्माणाधीन कसुवाखोला हाइड्रोपावरमा क्षति तातो हावाको लहर कायमै रहने सम्भावना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट प्रदेशसभा खारेजको बहसमा बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुन सक्छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

३७ करोड राजश्व छलीको आरोपमा चार जनामाथि मुद्दा दायर



अ+ अ-

काठमाडौंः राजस्व अनुसन्धान विभागले विभिन्न चार वटा फर्मका चार जना संचालक माथि कर छलीको आरोपमा उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । विभागले उनीहरुसँग विगो १८ करोड २७ लाख र सोही विगो बराबर सजाय सहित कूल ३६ करोड ५५ लाख विगो कायम गरी मुद्दा दर्ता गरेको छ ।

विभागले मुद्दा दायर गरेका अभियुक्तहरुमा काठमाण्डौ, चुच्चेपाटी बस्ने ब्रिङ मिडिया डिष्ट्रिव्यूसन प्रालिका सञ्चालक चन्द्रबहादुर अधिकारी, काठमाण्डौ महानगर १० बस्ने स्टार ईण्डिया प्रालि भारतका आधिकारीक बिक्रेता जुपिटर मिडिया प्रालिका प्रोप्राईटर अञ्जली अरोरा,  काठमाण्डौ १० बस्ने ब्रिङ मिडिया डिष्ट्रिव्यूसन प्रालिका व्यवस्थापक सुरेन्द्र क्षेत्री र सोही फर्मका अर्का व्यवस्थापक सुमन क्षेत्री रहेका छन् ।

विभागका अनुसार, ब्रिङ मिडिया डिष्ट्रिव्यूसनले विभिन्‍न फर्म र कम्पनीहरु बस्तु तथा सेवा वेगरको कर विजक मात्र लिई, आफूले ब्यवसायिक रुपमा गरेका सम्झौता अनुसारको प्राप्त हुने ब्यवसायिक आयलाई लुकाई छिपाई बास्तविक कारोबारमा समावेश नगरी, ब्यवसायिक कारोबारका लागि फर्मको नाममा खोलिएका बैंक खातामा जम्मा भएको रकमलाई वास्तविक कारोबारमा समावेश नगरी देखाउनु पर्ने बास्तविक कारोबार नदेखाई र नपाउने खर्च समेत दावी गरी मूल्य अभिबृद्धि कर तर्फ क्रेडिट दाबी र आयकर तर्फ खर्च दाबी गरी मूल्य अभिबृद्धि कर तथा आयकर छली गरेको थियो ।

उनीहरुमाथि राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ बमोजिम मूल्य अभिबृद्धि कर, लाभांस कर समेत छली गरेको अभियोग लगाइएको छ ।