• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   वरिष्ठ आर्थिक पत्रकार बुढाथोकीलाई ‘मिडिया प्वाइन्ट सम्मान’ प्रदान ★   एमाले र रास्वपाबीच सहकारी र गिरिबन्ध टिस्टेट प्रकरणमा मिलेर जाने सहमति छ: गगन थापा ★   गृहमन्त्री लामिछानेले संसदमा दिएको अभिव्यक्ति टेलिभिजन प्रश्तोताका जस्तो भयो: गगन थापा ★   प्रतिनिधिसभा बैठक भोलि बस्नेगरी स्थगित ★   सहकारी प्रकरणमा मेरो कुनै संलग्नता छैनः रवि लामिछाने ★   ‘अर्को दलको सांसदलाई सदनमा बोल्न दिने कि नदिने निर्णय गर्नु कुन लोकतन्त्र हो ?’ ★   कांग्रेसलाई चेतावनी दिँदै रविले भने – तपाईँको गनगनले मात्र देश चल्दैन, झुटा मुद्दाले म डराउँदिन ★   प्रतिनिधिसभा बैठक जारी ★   दोषी करार गर्ने ढंगले काँग्रेसले ल्याएको प्रस्ताव मान्य हुँदैन: शिशिर खनाल ★   गृहमन्त्री लामिछानेलाई छानविनको दायरामा ल्याउनुपर्ने काँग्रेसको अडान यथावत

एसियाली विश्वकप छनोट दोस्रो चरण: यमनसँग नेपालको हार



काठमाडौं ।  नेपालले फिफा विश्वकप र एएफसी छनोटको दोस्रो चरणमा यमनसँग २–० ले हार व्यहोरेको छ ।

घरेलु भूमीमा दशरथ रंगशालामा यमनविरुद्ध पहिलो पटक जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रिएको नेपालले दोस्रो हाफमा दुई गोल व्यहोरेपछि नतिजा सुम्पिएको हो । यमनको जितमा ओमार अब्दुलाह अल दाही र मोहम्मेद अब्दुलाह अल दाहीले गोल गरे । यससँगै नेपालले विश्वकप छनोटको दोस्रो चरणमा दोस्रो हार बेहोर्‍यो । यसअघि संयुक्त अरब इमिरेट्स (युएई ) सँग ४–० ले हार व्यहोरेको नेपालले घरेलु भूमिमा पनि नतिजा सुम्पियो । त्यसअघि खेलको तेस्रो मिनेटमा जिलेस्पी जंग कार्कीले बललाई पोस्टको दिशा दिने प्रयास गर्दा गोलरक्षकलाई फल गर्दा नेपालले अग्रता लिने अवसर सदुपयोग गर्न सकेन ।

११औं मिनेटमा दायाँ विंगबाट दिनेशले दिएको क्रसमा जिलेस्पीले हेडर जित्न सकेनन् । लगत्तै अर्कोतर्फ यमनको आक्रमणमा नेपाली डिफेन्सको परिक्षण भएको थियो । २६औ मिनेटमा ओमानका हम्जाह अहमदले डिएरिया भित्रबाट गरेको प्रहार गोलकिपर किरणले सहजै बचाए । २८औं मिनेटमा दिनेश हेन्जनको कर्नरमा कसैले हेडर जित्न सकेनन् । त्यस लगत्तै यमनको काउन्टर नेपालले विफल पार्यो । एक मिनेट पछि दिनेश कै बक्स बाहिरबाट लिएको प्रहार पोस्टको धेरै टाढा बाट बाहिरियो ।

३२औं मिनेटमा अहमद महेरको लामो प्रहार बार माथिबाट बाहिरियो । ३२औं मिनेटमा अहमद महेरको प्रहार पोस्टको माथि बाट बाहिरियो । ३८औं मिनेटमा मोहम्मद अल वाजिहको प्रहारले पनि पोस्टको दिशा लिन सकेन । पहिलो हाफको अन्त्यतिर यमनले बलमा नियन्त्रण राखे पनि अवसर भने सृजना गर्न सकेन । ५०औं मिनेटमा अब्दुलाह अल दाहीले गरेको शसक्त प्रहार गोलकिपर किरणले मुस्किलले बचाए । त्यसको दुई मिनेटमा नै कर्नर प्रहारमा गोल गर्ने नेपालको रणनीति सफल हुन सकेन । ६१औं मिनेटमा हिसुब थपलियाले गोल गर्ने सुन्दर अवसर गुमाए ।

यमनका गोलकिपर अब्दुलाह अल सादी अगाडि बढेको समयमा उनको ओभर हेड प्रहार सफल हुन सकेन । ६५औं मिनेटमा यमनले गोल गरे पनि रेफ्रीले अफसाइड निर्णय दिए । अल खादिर सलिमको प्रहारले मान्यता पाएन । ७३औं मिनेटमा ओमार अब्दुलाह अल दाहीले पेनाल्टी क्षेत्रबाट उत्कृष्ट प्रहार गर्दै ओमानलाई अग्रता दिलाए । ७६औं मिनेटमा अहमद महेरले नजिकको दूरीबाट गोल गर्ने अवसर गुमाए । नेपालका दुई डिफेन्डर छल्याउँदै उनले गरेको प्रहार बार माथिबाट बाहिरिन पुग्यो ।

त्यस्तै ८७औं मिनेटमा यनमका नासिर अल गहावासीले ३५ यार्ड टाढाबाट गरेको शसक्त प्रहार नेपालका गोलकिपर किरणले पन्च गर्दै बचाए । अन्तिम समयमा यमनले दोस्रो गोल गर्दै जितनजिक पुग्यो । ९०औं मिनेटमा मोहम्मेद अब्दुलाह अल दाहीले दुई डिफेन्डरलाई बिट गर्दै सहज गोल गरे ।