५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

टिकटक बन्द प्रकरण: अन्तरिम आदेश भएन,कारण देखाउ आदेश जारी



अ+ अ-

काठमाडौं । टिकटक बन्दमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश विनोद शर्माको इजलासले कारण देखाउ आदेश जारी गरेका हो ।

टिकटकमाथिको प्रतिबन्ध तत्काल हटाउन माग गर्दै दायर १० वटा रिट दायर भएको थियो । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरू अनन्तराज लुइँटेल, डा, सुनिल रञ्जन सिंह, भद्रप्रसाद नेपाल, त्रिलोक बहादुर चन्द, प्रेमराज सिलवाल, यज्ञमणि न्यौपाने तथा युवराज पौडेल, पशुराम पाण्डे लगायतले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।

सबै रिटमा टिकटक माथिको प्रतिबन्धले नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रता हनन भएको, निर्देशिका ल्याएर नियमन गर्ने प्रक्रियामा गएको सरकारले हठात बन्द गर्ने निर्णय गरेको, निर्णय गर्दा कुनै कानूनी आधार नटेकेको भन्दै सरकारको निर्णय खारेज हुनुपर्ने माग गरिएको थियो ।

निबेदकहरुले अन्तरिम आदेशको माग गरेपनि पनि ईजलासले अन्तरिम आदेश दिन अस्वीकार गरको छ । निबेदक मध्येका एक अधिवक्ता अनन्तराज लुईटेलले न्युजपोलारसंग भन्नुभयो “अन्तरिम आदेश माग गरेका थियौ तर कारणदेखाउ आदेश मात्र जारी भयो त्यो स्वीकार्य छ । “