२० मंसिर २०८२, शनिबार
,
Latest
महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थतन्त्रलाई गति दिन सिंहदरबारमा छलफल जारी



अ+ अ-

काठमाडौं । अर्थतन्त्रलाई गति दिनेबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छलफल गरिहेका छन् । सरकारले अर्थतन्त्रको समस्यालाई छिटो, छरितो रुपमा समाधान गर्नेबारेमा हिजोदेखि छलफलको सुरुवात गरेको हो ।

सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री निवास बालुवाटारमा अर्थमन्त्री डा.प्रकाशशरण महत, गभर्नर महाप्रसाद शर्मालगायतका सम्बन्धित पदाधिकारीहरुसँग छलफल गरी अर्थतन्त्रका वर्तमान समस्या छिटो समाधान गर्नुपर्नेमा जोड दिएका थिए। आज प्रधानमन्त्री प्रचण्डले निजी क्षेत्र, अर्थविद,अर्थक्षेत्रका सरोकारवाल सहित प्रधानमन्त्री कार्यालय सिंहदरबारमा छलफल चलाएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रलाई अझ चलायमान गर्नका लागि सुझाव लिन मंगलवारको यो बैठक सिंहदरबारमा बोलाएका हुन् । देशको अर्थतन्त्रले लय समातिरहेको र बाह्य विप्रेषण, पर्यटक आगमन, शोधनान्तरको स्थितिमा राम्रो हुँदै गएको भएपनि केही समस्या रहेको उनको भनाई छ । अर्थतन्त्र थप चलायमान बनाएर देशमा रोजगारीका अवसर सिर्जना गर्नेबारे विर्मष गर्न प्रधानमन्त्रीले यसकिसिमको छलफलको आयोजना गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले कार्यभार समालेपछि देशको अर्थतन्त्रले लय समातिरहेको र बाह्य विप्रेषण, पर्यटक आगमन, शोधनान्तरको स्थितिमा राम्रो हुँदै गएको छ ।