८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

पाइन छोडे हल गोरु

पाइन छोडे हल गोरु
अ अ+ अ-

ढोरपाटन । बाह्रै महिना खेतबारीको काम गर्ने । गोठमा हल गोरु पाल्ने, ग्रामीण क्षेत्रका किसानको पहिचान हो । पाखो बारीमा मकै, गहुँ र जौ खेती । खेतमा तोरी र धान फलाउने उनीहरुको मुख्य काम हो । एक दशकअगाडि सम्म बागलुङका धेरै जसो किसानका गोठमा हल गोरु हुन्थे ।

गोरुले जोतेरै सयौँ रोपनी खेतबारीमा बाली लगाइन्थ्यो । तर पछिल्लो समय खेतीयोग्य जमिनमा वनमारा पलाउन थालेका छन् भने हल गोरु पनि पाइँदैनन् । बजार क्षेत्रमा दशकअगाडि देखि नै आधुनिक प्रविधिको प्रयोग गरेर खेतबारी खनजोत गरिन्थ्यो भने गाउँमा त्यो सुविधा थिएन । हिजोआज यो सुविधा गाउँगाउँसम्म पनि पुगेको छ । आधुनिक प्रविधिले किसानलाई सहज बनाए पनि पुरानो संस्कृति भने हराए ।

ग्रामीण क्षेत्रका किसानले अँगाल्दै आएको परम्परागत खेती प्रणाली फेरिँदै गएपछि गाउँमा अचेल हल गोरु पाउन मुस्किल हुन्छ । पहिले पाँच/सात हल गोरु पालेरै जीविका चलाउँदै आएका किसानले पनि अहिले पाल्न छोडेका छन् । गाउँगाउँमा खेतबारी जोत्ने उपकरण पुगेपछि हल गोरु विस्थापित हुँदै गएका हुन् । बागलुङको ताराखोला, तमानखोला, ढोरपाटन र निसीखोलामा बढी पशुपालन गरिन्थ्यो । एकै परिवारले १० हलसम्म गोरु पाल्ने गरेकामा अहिले एक हल पनि पाल्दैनन् । खेतबारीको कामका लागि अर्मपर्म गर्ने चलन पनि अहिले हटेको छ । पछिल्लो समय खनजोतका लागि मिनीटेलर हलो बढी प्रयोगमा आएको छ । गोरुले दुई दिनमा सक्ने काम मिनीटेलरले दुई घण्टामै सकिदिन्छ ।

कतिपय किसानले गोरु खोजेरै खनजोत गर्ने गर्छन् । मिनीटेलर हलो गोरु जति उपयोगी नभएको किसान बताउँछन् । गोरुले खेतबारी जोत्दा समय लाग्ने भए पनि उत्पादन राम्रो हुने तर मिनीटेलरले छिटो भए पनि उत्पादनमा ह्रास आउने स्थानीय मीनबहादुर क्षेत्रीले बताउनुभयो । गोरुको जस्तो जोताइ मिनीटेलर हलोले नहुने उहाँको भनाइ छ । पहिले गाउँका हरेक किसानका घरमा न्यूनतम पनि एक हल गोरु हुने गरेको उल्लेख गर्दै अचेल गाउँभरिमा हल गोरु पाउन मुस्किल हुने क्षेत्री बताउनुहुन्छ । आफूले दुई वर्षसम्म मिनीटेलरले जोतेर धान, मकै र गहुँ लगाएको सुनाउँदै पहिलेको तुलनामा झण्डै आधा घटेको बताउनुभयो ।

“नयाँ–नयाँ प्रविधिको विकास हुनु राम्रो हो, तर पुरानो परम्परालाई छोडेर सबै नयाँ अँगाल्नु पनि हुँदैन, गोरु र मिनी टेलरले जोतेको बारी धेरै फरक हुन्छ, मिनी टेलरले खासै माटो उप्काउँदैन, गोरुले जोत्दा गहिरो गरी जोतिन्छ,” क्षेत्रीले भन्नुभयो, “केही समय मैले पनि मिनी टेलरले जोते, अहिले त बाली लगाउन गोरु खोजेरै जोत्ने गरेको छु, तरकारी र फलफूल लगाउन आधुनिक हलो प्रयोग गर्ने गरेको छु, पहिलेजस्तो गोरु पनि पाइन छाडे, गोरु खोज्न पनि लेकतिर जानुपर्ने अवस्था आएको छ ।”

बडिगाडका प्रेमबहादुर थापाले गाउँमा काम गर्ने जनशक्ति कम हुँदै गएपछि सयौँ रोपनी खेतीयोग्य जमिन बाँझोमा परिणत हुन थालेको बताउनुभयो । पाँच वर्ष अगाडिसम्म धान मकै फल्ने खेतबारीमा अहिले वनमारा र तीतेपातीले ढाकिन थालेको उहाँको भनाइ छ । पहिले गाउँमा धेरै युवा शक्ति हुने र गोरु पनि हरेक परिवारले पाल्ने गरेको स्मरण गर्दै अचेल गाउँभरि दुई हल गोरु पाउन मुस्किल हुने थापाले बताउनुभयो । अहिले पनि धेरैले खेतबारी खोज्ने गोरुकै प्रयोग गरे पनि पाल्न भने छोडेको उहाँ बताउनुहुन्छ । गोरु पाल्नेले राम्रो आम्दानीसमेत गरिरहेको उहाँको भनाइ छ । एक हल गोरुले एक दिन खेतबारी जोते दुई हजारदेखि दुई हजार पाँच सयसम्म लिने गरेको थापाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “गोरु पाल्न धेरैलाई गाह्रो हुने, तर जोत्न भने गोरु नै चाहिने, अचेलका मान्छे धेरै अल्छी हुँदै गए, हाम्रो पालामा गाउँमाथिको जङ्गलमा गएर साँघ काटेर ल्याएर खुवाउँथ्यौँ, बर्खामा लेक लैजानुपथ्र्यो, अहिले गाउँमा गोरु पालेका किसान थोरै छन्, उनीहरुलाई अहिले भ्याइनभ्याइ छ, एक दिन गोरु खोत्न लग्यो भने राम्रै कमाई हुन्छ, गोरुसँगै जोत्ने हली पनि भयो भने एकै दिनमा तीन हजार पाँच सय सय कमाउने गरेका छन् ।”

बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीले पछिल्लो समय परम्परागत खेती प्रणाली बिस्तारै हराउँदै जान थालेको भन्दै संरक्षणमा जोड दिएको बताउनुभयो । गाउँपालिकाले अब गोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरुप अनुदान दिने योजना बनाएको उल्लेख गर्दै उहाँले किसान परिचयपत्रसमेत बनाउन थालिएको बताउनुभयो । रासस