५ पुष २०८२, शनिबार
,
Latest
बालविवाह रोक्न अभिभावक सक्रिय उपाधि भिडन्तमा एपिएफको खराब प्रदर्शन युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता कुलमानको कुरा: भाषण होईन नतिजा दिने राजनीति गर्न मैदानमा आएका हौँ आम नागरिकले बुझ्नसक्ने कानून निर्माण गर्न जरुरी: पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ पारिवारिक कथामा आधारित ‘माया मर्दैन’ सार्वजनिक अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुख ढल्दा च्यापिएर दुई बालबालिकाको मृत्यु



अ+ अ-

धनुषा । धनुषामा आज हावाहुरीले रुख ढल्दा च्यापिएर दुई बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सवैला नगरपालिका–१२ का महेन्द्र सदाकी आठ वर्षीया छोरी प्रतिमाकुमारी सदा र चन्देश्वर सदाका सात वर्षीय छोरा अरविन्द सदा रहेको धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिनुभएको छ ।

सबैला–१२ स्थित फकिरचन्द माध्यमिक विद्यालय बरकुर्वाको प्राङ्गणमा रहेको मसलाको रूख ढल्दा दुवै जना टाउकोमा चोट लागेर गम्भीर घाइते भएका थिए । उनीहरुलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरी उपरीक्षक रजौरेले जानकारी दिनुभयो ।

बिहीबार रातिदेखि चलेको हावाहुरीले मधेस प्रदेशको जनजीवन प्रभावित भएको छ । यसैगरी धनुषामा हावाहुरीका कारण ग्रामीण भेगमा फुसको घर भएका व्यक्तिहरुको घरको छाना उडाएको र सोको तथ्याङ्क सङ्कलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।