२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

माईतीघर मण्डलालाई निषेधित क्षेत्र घोषणा गर्ने प्रशासनको निर्णयविरुद्ध सर्वोच्चमा रिट



अ+ अ-

काठमाडौं । माईतीघर मण्डलालाई निषेधित क्षेत्र घोषणा गर्ने जिल्ला प्रशासन कार्यालयको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेश भएको छ ।

अधिवक्ता स्वागत नेपालले जिल्ला प्रशासन कार्यालयलको उक्त निर्णयले नेपालको संविधानको धारा १६, धारा १७ र धारा १८ ले प्रत्याभूत गरेको नागरिकको मौलिक हकमा आघात पुगेको भन्दै रिट दायर गर्नुभएको छ ।

रिटमा माइतीघर मण्डलामा शान्तिपूर्ण रुपमा विरोध प्रदर्शन गर्न निषेध गर्ने गरी जारी भएको सूचना उत्प्रेषण परमादेश लगायतको आदेशले बदर गर्न र मुद्दाको अन्तिम टुंगो नलागेसम्म उक्त सूचना कार्यान्वयन नगर्नु नगराउनु भनी अन्तरिम आदेश माग गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सुरक्षा संवेदनशीलताको कारण देखाउँदै सोमबार देखि आगामी ३० दिनसम्म माईतीघर–नयाँ बानेश्वरसम्म निषेधाज्ञा क्षेत्र घोषणा गरेको थियो ।