२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

करिनाले लगाएको मास्कको मूल्य ४१ हजार !

करिनाले लगाएको मास्कको मूल्य ४१ हजार !
अ अ+ अ-

मुम्बईः छिमेकी राष्ट्र भारतमा कोरोना भाइरस संक्रमणको दोस्रो लहर सुरु भएसँगै दैनिक उच्च संख्यामा संक्रमित थपिदै आएका छन् । बलिउडका स्टारहरु पनि एकपछि अर्को गर्दै कोरोना संक्रमित हुँदै आएका छन् । 

केही दिन पहिलेमात्र रणवीर कपूर गोविन्दा, आलिया भट्ट, अक्षय कुमार, परेश रावल, विक्की कौशल, भूमि पेडनेकर, कटरीना कैफ लगायतका कलाकारहरु कोरोनाको चपेटामा परेका छन् । यसरी बलिउडमा कोरोना भाइरसले प्रवेश गरेसँगै कलाकारहरुले सावधानी अपनाउन थालेका छन् । 
 
यस्तैमा अभिनेत्री करिना कपूरले आफ्ना प्रशंसकहरुलाई मास्क लगाउन र स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन आग्रह गरेकी छन् । तर, यतिबेला उनले लगाएको मास्क चर्चाको विषय बनेको छ । यसकारण चर्चामा आएको छ कि उनले लगाएको मास्कको मूल्य महँगो रहेको छ । हालै उनले कालो मास्क लगाएको एक तस्विर इन्स्टाग्राममा पोस्ट गर्दै लेखेकी छन्,  'प्रपोगन्डा होइन, अनिवार्य मास्क लगाउनुस् ।’
 
करिनाले लगाएको मास्कमा सेतो अक्षरमा ‘एलभी’ लेखिएको छ । ‘एलभी’ ब्रान्डको वेबसाइटमा यो मास्कको मूल्य अमेरिकी ३५५ डलर रहेको छ । भारतको मूद्रामा यो मास्कको मूल्य २६ हजार र नेपालमा करिब ४१ हजार ६ सय पर्न जान्छ । 

गत २१ फेब्रुअरीमा दोस्रो सन्तानको रुपमा छोरालाई जन्म दिएकी करिना नियमित काममा फर्किसकेकी छन् । भारतमा पछिल्लो २४ घण्टामा थप १ लाख १५ हजार भन्दा बढी संक्रमित थपिएका छन् भने ६३१ संक्रमितको ज्यान गएको छ ।