• १४ मंसिर २०८०, बिहीबार
  •      Thu Nov 30 2023
  •   Unicode
Logo
Latest
★   अहिले पनि श्री ५ महाराजधिराज लेख्ने असंवैधानिक काम भयो: ओली ★   सीप सिकेर आत्मनिर्भर बन्दै भोजपुरका महिला ★   खाद्यद्वारा किसानको दुई हजार पाँच सय क्वीन्टल धान खरिद ★   नक्कली भुटानी शरणार्थी प्रकरण: उच्च अदालत पाटनले भोलि आदेश सुनाउने ★   पर्यटकीय गन्तव्य बन्दै म्याग्दीको केभहिल ★   बाजुरामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु ★   नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठक आह्वान ★   बैतडीमा नेकपा एसका जिल्ला अध्यक्षसहित नेता-कार्यकर्ता एमाले फर्किए ★   कोप-२८: सम्बोधन होला त नेपालजस्ता देशको माग ? ★   पार्टी पदाधिकारीमा महिलाको सङ्ख्याबारे महासमितिमा कुरा उठाउँछौँ: नेत्री राणा

रुख ढल्दा च्यापिएर दुई बालबालिकाको मृत्यु



धनुषा । धनुषामा आज हावाहुरीले रुख ढल्दा च्यापिएर दुई बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सवैला नगरपालिका–१२ का महेन्द्र सदाकी आठ वर्षीया छोरी प्रतिमाकुमारी सदा र चन्देश्वर सदाका सात वर्षीय छोरा अरविन्द सदा रहेको धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिनुभएको छ ।

सबैला–१२ स्थित फकिरचन्द माध्यमिक विद्यालय बरकुर्वाको प्राङ्गणमा रहेको मसलाको रूख ढल्दा दुवै जना टाउकोमा चोट लागेर गम्भीर घाइते भएका थिए । उनीहरुलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरी उपरीक्षक रजौरेले जानकारी दिनुभयो ।

बिहीबार रातिदेखि चलेको हावाहुरीले मधेस प्रदेशको जनजीवन प्रभावित भएको छ । यसैगरी धनुषामा हावाहुरीका कारण ग्रामीण भेगमा फुसको घर भएका व्यक्तिहरुको घरको छाना उडाएको र सोको तथ्याङ्क सङ्कलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।