२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

काव्य स्कुल र इजरायली राजदूतावासबीच सहकार्य

काव्य स्कुल र इजरायली राजदूतावासबीच सहकार्य
अ अ+ अ-

काठमाडौं । सामान्यतया रेडियो, टर्चलाईट,रिमोट कन्ट्रोल, केटाकेटीका खेलौनालगायतमा प्रयोग भएका साना सुख्खा ब्याट्री, घरबाट निस्किने अन्य फोहोरसंगै मिसाएर फ्याँक्दा यसले जमिन र पानीमा नकारात्मक असर गर्छ भन्ने तथ्य प्रायजसो प्रायजसो हामी सबैले लिने गरिन्छ ।

यता नेपालका लागि इजरायली राजदूत हनान गोदर भने जनस्वास्थयमा प्रत्यक्ष असर गर्ने यस्ता सुख्खा ब्याट्रीको व्यवस्थापन गर्ने विषयमा स्कुले विद्यार्थीहरुलाई सिकाउन लागि पर्नुभएको छ ।
 
नयाँबानेश्वरस्थित काव्य स्कुलमा बुधबार पानीको खाली जारसहित उपस्थित भएका राजदूत गोदरले सो विद्यालयका प्रिन्सिपल, सञ्चालक र शिक्षकहरुलाई अनुरोध गर्दै विद्यार्थी र शिक्षकहरुले आफ्नो घरमा प्रयोग भईसकेका सुख्खा ब्याट्री जथाभावी रुपमा नफ्याँकी संकलन गरेर ल्याई स्कुलमा राखिएको पानीको खाली जारमा जम्मा गर्न आग्रह गर्नुभयो । 

नेपालस्थित इजरायली राजदूतावासको पहलमा राजधानीका विभिन्न विद्यालयका विद्यार्थीहरुलाई प्रयोग भईसकेको यस्ता सुख्खा ब्याट्री संकलन र व्यवस्थापन गर्दै वातावरण जोगाउन प्रोत्साहन गर्ने उद्धेश्यले उनी बुधबार काव्य स्कुलमा पुग्नुभएको थियो ।

प्रयोग भईसकेको सुख्खा ब्याट्री जथाभावी फ्याँक्नाले जमिन र पानीमा केमिकल (एसिड) मिसिँदा जमीन र पानीमा रहेका किरा फट्यांग्रा र जीवजन्तुलाई नकारात्मक असर गर्ने र माटोको उर्वारा शक्ति नष्ट गर्ने बताउँदै राजदूत गोदरले अहिलेसम्म कसैले चासो नदिएको यस्ता ब्याट्रीहरुको समयमै व्यवस्थापन गरी वातावरण संरक्षणमा जोड दिनुपर्ने बताउनुभयो ।

काव्य स्कुलमा राखिएको पानीको खाली जारमा प्रिन्सिपल, सञ्चालक र शिक्षकहरुबाट केही सुख्खा ब्याट्री खसाल्न लगाएका राजदूत गोदरले यस्ता सुख्खा ब्याट्रीले जार भरिएपछि राजदूतावासलाई खवर गर्नुपर्ने र राजदूतावासले ब्याट्रीसहितको सो जार संकलन गरि सम्वन्धित संस्थामा नष्ट गर्न पठाउने पनि बताउनुभयो । 

काव्य स्कुलका विद्यार्थीहरुले वातावरण संरक्षणको क्षेत्रमा गर्दै आएका कृयाकलापको प्रशंसा गर्दै राजदूत गोदरले विद्यालयले आयोजना गर्ने टोल सरसफाई कार्यक्रममा आफु समय मिलाएर सहभागी हुने वचनवद्धता पनि व्यक्त गर्नुभयो । 

उनले नेपाल र इजरायलवीच रहेको कुटनैतिक सम्वन्धबारे पनि प्रकाश पार्दै दुुई देशवीचको मित्रता भविष्यमा अझै समुधुर हुने पनि विश्वास व्यक्त गर्नुभयो । नेपालमा विश्वकै अग्लो शिखर सगरमाथा रहेको र इजरायलमा विश्वकै सबैभन्दा होचोस्थान मृत सागर रहेको पनि उनले चर्चा गर्नुभयो । 

कार्यक्रममा काव्य स्कुलका संस्थापक प्रिन्सिपल नवराज बास्कोटाले नेपाल र इजरायल वीचको सम्वन्ध, शैक्षिक, कृषि र वातावरण लगायतका विषयमा चर्चा गर्दै रादूतावास र विद्यालयवीच बुधबारदेखि कायम भएको नयाँ सम्वन्धले सकारात्मक सन्देश दिएको बता।उनुभयो । 

नेपाल सरकारले अझैपनि शिक्षण पेशामा आवद्ध भएका शिक्षक र कर्मचारीहरुलाई कोरोना विरुद्धको खोप लगाउने प्राथमिकताको सूचिमा नराखेको गुनासो गर्दै राजदूतावासबाट कोरोना विरुद्धको निशुल्क खोपको लागि पहल गर्न आग्रह गर्नुभयो । 

त्यस अवसरमा विद्यालयका सञ्चालकहरु धर्मेन्द्रप्रकाश राजभण्डारी, सुनिलकुमार घर्ती, दिलिप थापा, रिजन खड्का र प्रेम अर्यालको साथै सिनियर सेक्सन इन्चार्ज चक्र दवाडी तथा जुनियर सेक्सन इन्चार्ज सन्ध्या रिजाललगायत विषयगत शिक्षकहरुको सहभागिता थियो । सामाजिक विज्ञान शिक्षक गणेशप्रसाद दाहालले कार्यक्रमको उद्धेश्यबारे प्रकाश पार्नुभएको थियो । 

राजदूत गोदरलाई विद्यालयको तर्फबाट संस्थापक प्रिन्सिपल नवराज बास्कोटाले गणेशको प्रतिमूर्ति उपहार दिनुभयो ।