• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo
Latest
★   निर्वाचन आयोगको आयुक्तमा कृष्णमान प्रधान सिफारिस ★   टी-२० विश्वकप खेल्ने राष्ट्रिय खेलाडीलाई जनही १३ लाख पुरस्कार ★   पदयात्रा गरी बिदा मनाउने स्थलका रुपा परिचित हुँदै वाग्द्वार ★   सरकारले केही व्यापारिक घरानाले कर छल्न सक्नेगरी बजेट ल्यायो: डा. आरजु राणा ★   सलमान खानको अपार्टमेन्ट बाहिर फाईरिङ​ भएको घटनामा थप एक जना पक्राउ ★   प्रधानमन्त्रीसँग सिपिपिसिसीका उपाध्यक्षको शिष्टाचार भेट ★   मुलुक बाहिर बसेर आर्जन गरेको ज्ञान, सीप र पुँजी नेपाल भित्र्याउन गैर आवासीय नेपालीलाई महासंघ… ★   नर्वेद्वारा युक्रेनलाई १० करोड ३० लाख डलर सहयोग ★   मेलाबाट भएको आम्दानीबाट पर्यटन पूर्वाधार निर्माण ★   गजुरीदेखि चौतारा जोड्ने सडक कालोपत्र सुरु

विश्वकपका उत्कृष्ट प्लेइङ–११ मा को–को परे ?



एजेन्सी ।अष्ट्रेलियाले आइतबार आईसिसी एकदिवसीय क्रिकेट विश्वकप–२०२३ को उपाधि जित्यो । अहमदाबादमा भएको फाइनलमा भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले विश्वकपको ट्रफि उचालेको हो ।

अष्ट्रेलिया योसँगै छैटौँ पटक विश्वविजेता बनेको छ । अष्ट्रेलियाले यसअघि सन् १९८७, सन् १९९९, सन् २००३, सन् २००७ र सन् २०१५ मा उपाधि जितेको थियो ।

यसैबीच, फाइनल खेलपछि आईसीसीले विश्वकप २०२३ को उत्कृष्ट प्लेइङ–११ घोषणा गरेको छ । करिब डेढ महिनासम्म चलेको यस मेगा इभेन्टमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई उत्कृष्ट प्लेइङ–११ मा समावेश गरिएको थियो ।

आईसीसीले आफ्नो प्लेइङ–११ मा ६ भारतीय खेलाडी छनोट गरेको छ । रोहित शर्मालाई कप्तान बनाएको छ भने अस्ट्रेलियाका कप्तान प्याट कमिन्सलाई बेवास्ता गरिएको छ । आईसीसीले छनोट गरेको प्लेइङ–११ मा रोहित शर्मा, विराट कोहली, केएल राहुल, रविन्द्र जडेजा, जसप्रित बुमराह र मोहम्मद शामी रहेका छन् ।

दक्षिण अफ्रिकाका फास्ट बलर गेलर्ड कोएत्जीलाई १२ औं खेलाडीको रुपमा राखिएको छ । दक्षिण अफ्रिकाका विकेटकिपर ओपनर क्विन्टन डी ककले प्लेइङ–११ मा स्थान पाएका छन् । योसँगै अष्ट्रेलियाबाट एडम जाम्पा र ग्लेन म्याक्सवेल पनि प्लेइङ–११ मा छनोट भएका छन् ।

विश्वकप २०२३ को उत्कृष्ट खेल्ने ११
क्विन्टन डी कक, रोहित शर्मा (कप्तान), विराट कोहली, ड्यारेल मिचेल, केएल राहुल, ग्लेन म्याक्सवेल, रविन्द्र जडेजा, जसप्रित बुमराह, दिलशान मदुशंका, एडम जाम्पा र मोहम्मद शामी ।