४ भाद्र २०८३, बिहीबार
,
Latest
कप्तान ऐरी आइसिसी वरियताको तेस्रो स्थानमा सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छः सभापति थापा बाँकेमा एक सातामै २२ फरार प्रतिवादी पक्राउ बागमती प्रदेश मन्त्रिपरिषद् बैठकः ‘इ-क्याबिनेट’ प्रणाली सञ्चालन गर्ने निर्णय लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः अस्थायी सङ्गठन संरचना र दरबन्दी स्वीकृत स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले पिपीए खोल्न सरकारले अघि बढायो प्रक्रिया तनहुँमा तीन हजार बढी नयाँ धारा जडान कर्णाली प्रदेशको विद्युतीकरण सरकारको प्राथमिकतामा : मन्त्री श्रेष्ठ हेलिकप्टर चढेर भाग्नेहरुको मति अझै सुध्रिएको रहेनछ: राप्रपा प्रवक्ता श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकपका उत्कृष्ट प्लेइङ–११ मा को–को परे ?



अ+ अ-

एजेन्सी ।अष्ट्रेलियाले आइतबार आईसिसी एकदिवसीय क्रिकेट विश्वकप–२०२३ को उपाधि जित्यो । अहमदाबादमा भएको फाइनलमा भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले विश्वकपको ट्रफि उचालेको हो ।

अष्ट्रेलिया योसँगै छैटौँ पटक विश्वविजेता बनेको छ । अष्ट्रेलियाले यसअघि सन् १९८७, सन् १९९९, सन् २००३, सन् २००७ र सन् २०१५ मा उपाधि जितेको थियो ।

यसैबीच, फाइनल खेलपछि आईसीसीले विश्वकप २०२३ को उत्कृष्ट प्लेइङ–११ घोषणा गरेको छ । करिब डेढ महिनासम्म चलेको यस मेगा इभेन्टमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई उत्कृष्ट प्लेइङ–११ मा समावेश गरिएको थियो ।

आईसीसीले आफ्नो प्लेइङ–११ मा ६ भारतीय खेलाडी छनोट गरेको छ । रोहित शर्मालाई कप्तान बनाएको छ भने अस्ट्रेलियाका कप्तान प्याट कमिन्सलाई बेवास्ता गरिएको छ । आईसीसीले छनोट गरेको प्लेइङ–११ मा रोहित शर्मा, विराट कोहली, केएल राहुल, रविन्द्र जडेजा, जसप्रित बुमराह र मोहम्मद शामी रहेका छन् ।

दक्षिण अफ्रिकाका फास्ट बलर गेलर्ड कोएत्जीलाई १२ औं खेलाडीको रुपमा राखिएको छ । दक्षिण अफ्रिकाका विकेटकिपर ओपनर क्विन्टन डी ककले प्लेइङ–११ मा स्थान पाएका छन् । योसँगै अष्ट्रेलियाबाट एडम जाम्पा र ग्लेन म्याक्सवेल पनि प्लेइङ–११ मा छनोट भएका छन् ।

विश्वकप २०२३ को उत्कृष्ट खेल्ने ११
क्विन्टन डी कक, रोहित शर्मा (कप्तान), विराट कोहली, ड्यारेल मिचेल, केएल राहुल, ग्लेन म्याक्सवेल, रविन्द्र जडेजा, जसप्रित बुमराह, दिलशान मदुशंका, एडम जाम्पा र मोहम्मद शामी ।