११ भाद्र २०८३, बिहीबार
,
Latest
नाडाद्वारा बाढीपीडितको राहतका लागि १० लाख रुपैयाँ सहयोग, नाडा अटो शो निरन्तर सञ्चालन हुने तीन जिल्लामा साढे दुई करोड नगद सहयोग विपद्को समयमा आपतकालीन स्वास्थ्य प्रतिकार्यका लागि फोकल पर्सन तोकिए त्रिशूलीको बाढीले पृथ्वी राजमार्ग अवरुद्ध, सडक खुलाउने प्रयास जारी (तस्बिरसहित) छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार कुमारी बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग भोटेकोशी बाढीपीडितका लागि राहत सामग्री संकलन गर्न तीन स्थान तोकियो भोटेकोशी बाढीपछि ६४४ पर्यटक सम्पर्कविहीन, भारतीयको संख्या सबैभन्दा धेरै प्रधानमन्त्री शाह बाढी प्रभावित विदुरमा परराष्ट्रमन्त्री खनाल र बंगलादेशका परराष्ट्रमन्त्री रहमानबीच टेलिफोन वार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक



अ+ अ-

काठमाडौँ । तिहार र छठपछि आज खुलेको शेयर बजारमा झिनो अङ्कको सुधार देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक एक दशमलव ३९ अङ्कले बढेर एक हजार आठ सय ५३ दशमलव ४८ अङ्कमा कायम भएको छ ।

आज दुई सय ८४ कम्पनीको ३३ लाख १९ हजार पाँच सय ५८ कित्ता शेयर ४४ हजार सात सय २७ पटक खरिद बिक्री हुँदा रू एक अर्ब नौ करोड ९३ लाख १८ हजार २९ बराबरको कारोबार भएको छ ।

आज होटल तथा पर्यटन समूह एक दशमलव ८३, उत्पादन तथा प्रशोधन समूह एक दशमलव ९१, लघुवित्त समूह एक दशमलव ४२ र अन्य समूह शून्य दशमलव १३ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै बढ्नेमा भने व्यापार समूह एक दशमलव ४२ र विकास बैंक समूह एक दशमलव २६ प्रतिशतले बढेको छ ।

आजको कारोबारमा फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र सयपत्री हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै मूल्य बढ्नेमा भने ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर नौ दशमलव ९८ प्रतिशतले बढेको छ ।

शेयरका सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै हिमालयन डिस्टिलरी लिमिटेडको रू सात करोड ३६ लाख २५ हजार छ सय ६६ कित्ता शेयर किनबेच भएको छ भने कारोबार भएको रकमका आधारमा सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको दुई लाख २४ हजार ८६ कित्ता शेयर किनबेच भएको छ । रासस