• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo
Latest
★   निर्वाचन आयोगको आयुक्तमा कृष्णमान प्रधान सिफारिस ★   टी-२० विश्वकप खेल्ने राष्ट्रिय खेलाडीलाई जनही १३ लाख पुरस्कार ★   पदयात्रा गरी बिदा मनाउने स्थलका रुपा परिचित हुँदै वाग्द्वार ★   सरकारले केही व्यापारिक घरानाले कर छल्न सक्नेगरी बजेट ल्यायो: डा. आरजु राणा ★   सलमान खानको अपार्टमेन्ट बाहिर फाईरिङ​ भएको घटनामा थप एक जना पक्राउ ★   प्रधानमन्त्रीसँग सिपिपिसिसीका उपाध्यक्षको शिष्टाचार भेट ★   मुलुक बाहिर बसेर आर्जन गरेको ज्ञान, सीप र पुँजी नेपाल भित्र्याउन गैर आवासीय नेपालीलाई महासंघ… ★   नर्वेद्वारा युक्रेनलाई १० करोड ३० लाख डलर सहयोग ★   मेलाबाट भएको आम्दानीबाट पर्यटन पूर्वाधार निर्माण ★   गजुरीदेखि चौतारा जोड्ने सडक कालोपत्र सुरु

एकदिवसीय विश्वकप २०२३ मा बनेका २० रेकर्डहरु



एजेन्सी । अष्ट्रेलियाले आइतबार आईसिसी एकदिवसीय क्रिकेट विश्वकप–२०२३ को उपाधि जित्यो । अहमदाबादमा भएको फाइनलमा भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले विश्वकपको ट्रफि उचालेको हो ।

अष्ट्रेलिया योसँगै छैटौँ पटक विश्वविजेता बनेको छ । अष्ट्रेलियाले यसअघि सन् १९८७, सन् १९९९, सन् २००३, सन् २००७ र सन् २०१५ मा उपाधि जितेको थियो ।

भारतमा ४६ दिनसम्म चलेको यस फाइनलमा थुप्रै रेकर्डहरु बने । यस्ता रेकर्डहरु समेत बने जसको कल्पना गरिएको थिएन । यसैबीच, यहाँ यस विश्वकपमा बनेका रेकर्डहरुबारे चर्चा गरौं ।

१. विश्वकपमा सबैभन्दा धेरै रन
फाइनलमा विराट कोहलीले ५४ रनको इनिङ खेलेका थिए । योसँगै उनले ७ सय ६५ रन बनाएर यो विश्वकप पूरा गरे । उनी विश्वकपमा सर्वाधिक रन बनाउने खेलाडी बने । दोस्रो स्थानमा भारतका सचिन तेन्दुलकर छन्, जसले २००३ मा ६७३ रन बनाएका थिए ।

२. ओडीआईमा सबैभन्दा धेरै शतक
कोहलीले न्यूजिल्याण्डविरुद्धको सेमिफाइनलमा शतक बनाए, जुन उनको एकदिवसीय करियरको ५० औं शतक थियो । विराटले सचिन तेन्दुलकरको कीर्तिमान तोड्दै एकदिवसीयमा सबैभन्दा धेरै शतक बनाउने कीर्तिमान बनाएका हुन् । जसको नाममा ४९ ओडीआई शतक थियो ।

३. विश्व कपमा सबैभन्दा छिटो ५० विकेट
न्युजिल्याण्डविरुद्ध तेस्रो विकेट लिएर मोहम्मद शामीले विश्वकपमा आफ्नो ५० विकेट पुरा गरे । यसका लागि उनले १७ पारी मात्र लिए, जुन प्रतियोगिताको इतिहासमा सबैभन्दा छिटो हो । उनले अस्ट्रेलियाका मिचेल स्टार्कको कीर्तिमान तोडे जसले १९ इनिङ्समा ५० विकेट लिएका थिए । शामी यस विश्वकपमा २४ विकेट लिएर शीर्ष स्थानमा रहे ।

४. ओडीआई नकआउटमा उच्चतम स्कोर
भारतले सेमिफाइनलमा न्युजिल्यान्डविरुद्ध ३९७ रन बनाएको थियो । यो एकदिवसीय विश्वकपको नकआउट खेलमा बनेको उच्च स्कोर हो । यसअघि यो कीर्तिमान न्युजिल्याण्डको नाममा थियो । सन् २०१५ को विश्वकपमा न्युजिल्याण्डले वेस्ट इन्डिजविरुद्ध ३९३ रन बनाएको थियो ।

५. विश्वकपमा ५९७ रन बनाउने पहिलो कप्तान बने रोहित
भारतका कप्तान रोहित शर्माले एकदिवसीय विश्वकप २०२३ मा ५९७ रन बनाएका थिए । उनी फाइनलमा ४७ रन बनाएर आउट भए र यससँगै प्रतियोगितामा उनको आक्रामक ब्याटिङ यात्रा समाप्त भयो । उनी एक विश्वकपमा कप्तानको रुपमा सबैभन्दा धेरै रन बनाउने खेलाडी बने । रोहितले न्युजिल्यान्डका केन विलियम्सनको कीर्तिमान तोडे, जसले २०१९ मा कप्तानको रूपमा ५७८ रन बनाएका थिए ।

६. विश्वकपमा सबैभन्दा बढी छक्का प्रहार
रोहितले अस्ट्रेलियाविरुद्धको फाइनलमा ३ छक्का प्रहार गरेका थिए । योसँगै उनले प्रतियोगितामा ३१ छक्का प्रहार गरे । उनी विश्वकपमा सबैभन्दा बढी छक्का प्रहार गर्ने खेलाडी बने । उनले २०१५ को विश्वकपमा २६ छक्का प्रहार गर्ने वेस्ट इन्डिजका क्रिस गेलको कीर्तिमान तोडे ।

७. विश्वकप करियरमा सर्वाधिक छक्का प्रहार
रोहितले २०२३ को विश्वकपमा ३१ छक्का प्रहार गरेका थिए । यसअघि उनले २०१५ र २०१९ को प्रतियोगितामा २३ छक्का प्रहार गरेका थिए, यसरी विश्वकपमा उनको कुल ५४ छक्का पुग्यो । रोहित विश्वकपमा सबैभन्दा बढी छक्का प्रहार गर्ने खेलाडी बने । यहाँ उनले ३५ इनिङ्समा ४९ छक्का प्रहार गर्ने क्रिस गेलको कीर्तिमान पनि तोडे ।

८. अन्तर्राष्ट्रिय क्रिकेटको ‘छक्का किंग’ बने रोहित
उनी अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा बढी छक्का प्रहार गर्ने खेलाडी पनि बने । उनले वेस्ट इन्डिजका क्रिस गेलको कीर्तिमान तोडे जसले ५५३ अन्तर्राष्ट्रिय छक्का प्रहार गरेका छन् । रोहितको नाममा अहिले तीनवटै ढाँचामा ५८२ छक्का छ ।

९. विश्वकपमा सबैभन्दा छिटो शतक बनाउने भारतीय खेलाडी
एकदिवसीय विश्वकपमा भारतको सबैभन्दा छिटो शतकको कीर्तिमान दुई पटक तोडियो । अक्टोबर ११ मा कप्तान रोहित शर्माले अफगानिस्तानविरुद्ध ६३ बलमा शतक बनाएका थिए । उनको पछि, विकेटकिपर केएल राहुलले नोभेम्बर १२ मा नेदरल्याण्ड्स विरुद्ध ६२ बलमा शतक बनाए । जुन भारतका लागि विश्वकपमा सबैभन्दा छिटो शतक बनाउने कीर्तिमान हो ।

१०. शुभमनको नाममा सबैभन्दा छिटो २००० रन
भारतका ओपनर शुभमन गिलले विश्वकपमा न्यूजिल्याण्ड विरुद्धको लिग चरणको खेलमा २६ रन बनाएका थिए । योसँगै उनले एकदिवसीय क्रिकेटमा २ हजार रन पनि पूरा गरेका छन् । यसका लागि उनले ३८ इनिङ्स मात्र लिए, जुन एकदिवसीय इतिहासमा सबैभन्दा कम हो । शुभमनले ४० इनिङ्समा दुई हजार ओडीआई रन पूरा गर्ने दक्षिण अफ्रिकाका हासिम अमलाको कीर्तिमान तोडे ।

११. विश्वकपको सबैभन्दा छिटो शतक
अस्ट्रेलियाका ग्लेन म्याक्सवेलले नेदरल्यान्ड्सविरुद्ध ४० बलमा शतक प्रहार गरे । जुन प्रतियोगिताको इतिहासमा सबैभन्दा छिटो शतक थियो । उनीअघि दक्षिण अफ्रिकाका एडेन मार्करामले यही विश्वकपमा श्रीलंकाविरुद्ध ४९ बलमा शतक बनाएर यो कीर्तिमान आफ्नो नाममा बनाएका थिए । उनले सन् २०११ मा ५० बलमा शतक प्रहार गर्ने आयरल्यान्डका केभिन ओब्रायनको कीर्तिमान तोडेका थिए ।

१२. विश्वकप फाइनलको रन चेजमा उच्चतम स्कोर
अष्ट्रेलियाका ट्राभिस हेडले विश्वकपको फाइनलमा भारतविरुद्ध १२० बलमा १३७ रनको इनिङ खेलेका थिए । उनी फाइनलको रन चेजमा शतक प्रहार गर्ने दोस्रो खेलाडी बनेका छन् । फाइनलमा रन पछ्याउँदै उनले सर्वाधिक रन बनाएका थिए । हेडले श्रीलंकाका अरविन्द डी सिल्भाको कीर्तिमान तोडे जसले सन् १९९६ मा अस्ट्रेलियाविरुद्ध १०७ रन बनाएका थिए ।

कुनै पनि आईसीसी एकदिवसीय फाइनलमा रन पछ्याउँदा हेडको स्कोर उच्चतम स्कोर रह्यो । अस्ट्रेलियाका शेन वाटसनले सन् २००९ को च्याम्पियन्स ट्रफीमा न्युजिल्यान्डविरुद्ध १०५ रन बनाएका थिए ।

१३. विश्व कपको उच्चतम स्कोर
दक्षिण अफ्रिकाले श्रीलंकाविरुद्ध ३ शतकको मद्दतले ४२८ रन बनाएको थियो । जुन एकदिवसीय विश्वकप इतिहासकै सबैभन्दा ठूलो स्कोर हो । टोलीले सन् २०१५ मा अफगानिस्तानविरुद्ध ४१७ रन बनाएको अस्ट्रेलियाको कीर्तिमान तोड्यो । विश्वकपमा भारतको उत्कृष्ट स्कोर २००७ मा बर्मुडा विरुद्धको थियो । पोर्ट अफ स्पेनमा टोलीले ४१३ रन बनाएको थियो ।

१४. एक विश्वकप खेलमा ३ शतक
दक्षिण अफ्रिकाले लिग चरणको आफ्नो पहिलो खेलमा श्रीलंकाविरुद्ध ४२८ रन बनाएको थियो । यस इनिङ्समा टोलीका ३ खेलाडीले शतक बनाए, जुन विश्वकपमा पहिलो पटक भएको हो । दक्षिण अफ्रिकाका तर्फबाट क्विन्टन डी कक, रसी भान डेर डुसेन र एडेन मार्करामले शतक प्रहार गरे ।

१५. विश्वकपको सबैभन्दा ठूलो जित
विजेता अस्ट्रेलियाले विश्वकपमा नेदरल्याण्ड्सलाई ९० रनमा अलआउट गरेको थियो । टस जितेर ब्याटिङ गरेको अष्ट्रेलियाले ३९९ रन बनाएर नेदरल्याण्ड्समाथि ३०९ रनको जित दर्ता गराएका थिए । जुन विश्वकपमा रनको अन्तरले सबैभन्दा ठूलो जितको कीर्तिमान थियो । त्यसपछि भारतले पनि श्रीलंकालाई ३०२ रनको अन्तरले पराजित गरेको थियो । जुन यो कीर्तिमान सूचीमा दोस्रो नम्बरमा छ ।

१६. विश्वकपको सबैभन्दा सफल रन चेज
हैदरावादमा पाकिस्तानले श्रीलंकाले दिएको ३४५ रनको लक्ष्य पछ्यायो । जुन विश्वकप इतिहासमा सबैभन्दा ठूलो सफल चेज थियो । टोलीले आयरल्यान्डको कीर्तिमान तोड्यो, जसले सन् २०११ मा बैंगलोरमा इङ्ल्यान्डविरुद्ध ३२९ रनको लक्ष्य पछ्याएको थियो ।

१७. विश्वकप रन चेजमा सबैभन्दा उच्च स्कोर
यस प्रतियोगिताको सबैभन्दा रोमाञ्चक खेल न्युजिल्याण्ड र अस्ट्रेलियाबीच धर्मशालामा भएको थियो । अष्ट्रेलियाले पहिले ब्याटिङ गर्दै ३ सय ८८ रन बनाएको थियो । जवाफमा न्युजिल्यान्डले पनि ३८३ रन बनायो तर टोली ५ रनले पराजित भयो । न्युजिल्यान्डको ३८३ रन विश्वकपको दोस्रो इनिङ्समा सबैभन्दा ठूलो स्कोर हो । टोलीले श्रीलंकाविरुद्धको दोस्रो इनिङ्समा ३ सय ४५ रन बनाएको पाकिस्तानको कीर्तिमान तोड्यो ।

१८. विश्वकपमा सबैभन्दा धेरै रन खर्चिनु
पाकिस्तानका फास्ट बलर हरिस रउफले प्रतियोगिताको ९ खेलमा ५३३ रन खर्चेका छन् । योसँगै उनी विश्वकपमा सर्वाधिक रन दिने बलर बनेका छन् । उनीपछि अष्ट्रेलियाका मिचेल स्टार्क छन् जसले यस विश्वकपको १० खेलमा ५२८ रन दिएका छन् ।

१९. एकदिवसीय रन चेजमा पहिलो दोहोरो शतक
अष्ट्रेलियाका ग्लेन म्याक्सवेलले अफगानिस्तानविरुद्ध रन पछ्याउने क्रममा दोहोरो शतक बनाए । २०१ रन बनाएपछि उनी नटआउट रहे र रोमाञ्चक खेलमा आफ्नो टोलीलाई ३ विकेटले जित दिलाए । एकदिवसीयमा रन पछ्याउँदै दोहोरो शतक बनाउने उनी पहिलो खेलाडी बनेका छन् । यसअघि पाकिस्तानका फखर जमानले दोस्रो इनिङ्समा १९३ रन बनाएका थिए ।

२०. बास डी लिडेले १० ओभरमा ११५ रन दिए
नेदरल्याण्ड्सका फास्ट बलर बास डी लीडेले अस्ट्रेलियाविरुद्ध १० ओभरमा २ विकेट लिएर ११५ रन दिए । जुन एकदिवसीय इनिङ्समा सबैभन्दा धेरै रन खर्च गर्ने कीर्तिमान हो । उनले यसै वर्ष सेप्टेम्बरमा दक्षिण अफ्रिकाविरुद्ध ११३ रन दिएका अस्ट्रेलियाका एडम जाम्पाको कीर्तिमान तोडे ।