२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

भोलिदेखि सुरु हुँदै गणेशमान सिंह स्मृति किक बक्सिङ प्रतियोगिता

भोलिदेखि सुरु हुँदै गणेशमान सिंह स्मृति किक बक्सिङ प्रतियोगिता
अ अ+ अ-

काठमाडौं । आकर्षक नगद पुरस्कार राशीको वीर गणेशमान सिंह स्मृति चौथो राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगिता बिहीबारदेखि हुने भएको छ ।

नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभाग र ललितपुर जिल्ला किक बक्सिङ संघको संयुक्त आयोजनामा हुन लागेको प्रतियोगिताको कुल नगद पुरस्कार राशी ९ लाख ५७ हजार रुपैयाँ रहेको छ । 

राष्ट्रिय खेलकुद परिषद्का पूर्व कोषाध्यक्ष समेत रहनुभएका विभागका सचिव एवं प्रतियोगिता संयोजक मिनकृष्ण महर्जनले प्रतियोगितामा करिब ३ सय ५० खेलाडीको सहभागिता रहने जानकारी दिनुभयो।

पुरुषमा ७ र महिलामा ५ गरी जम्मा १२ स्पर्धामा भिडन्त हुने छ । पुरुषमा ५०, ५५, ६०, ६५, ७०, ७५ केजी र खुला तौलसमूहमा प्रतिस्पर्धा हुने छ । महिलामा ५०, ५५, ६०, ६५ केजी र खुला तौलसमूहमा खेल हुने छ । 

पुरुष÷महिलाको प्रत्येक स्पर्धामा पहिलो हुनेले ३० हजार, दोश्रोले १५ हजार र तेश्रो हुने दुई खेलाडीले जनही ८ हजारका दरले नगद पुरस्कार प्राप्त गर्ने छन् । समग्रमा टिम च्याम्पियन बन्नेलाई १ लाख नगदबाट पुरस्कृत गरिने छ । दोश्रोले ५० हजार र तेश्रोले २५ हजार नगद पुरस्कार पाउने छन् । उत्कृष्ट पुरुष÷महिला खेलाडीलाई समान २५–२५ हजार नगद पुरस्कार प्रदान गरिने छ ।
प्रतियोगितामा नेपाली सेना, नेपाल प्रहरी, एपीएफ, उसु, कराते, तेक्वान्दो, बक्सिङ, फुल कन्ट्याक्ट, मुवाँथाईलगायतका टोलीको सहभागिता रहने बताइएको छ ।

तीनदिने प्रतियोगिताका खेलहरु ललितपुरको चापागाउँस्थित प्याङगाउँ चौरमा खेलाइने छ । प्रतियोगिताको तयारी पूरा भएको संयोजक महर्जनले जनाएका छन् । प्रतियोगिताको पूर्व प्रधानमन्त्री नेपाली कांग्रेसका सभापति शेरबहादुरले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।