१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल

मुख्यमन्त्री पाण्डे नेतृत्व सरकारको उपलब्धि सार्वजनिक

मुख्यमन्त्री पाण्डे नेतृत्व सरकारको उपलब्धि सार्वजनिक
अ अ+ अ-

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको नेतृत्वमा सरकार गठन भएको सय दिनमा भएका काम तथा उपलब्धि आज सार्वजनिक गरिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै पाण्डेले यस अवधिमा मन्त्रिमण्डलाई पूर्णता दिई नेपालको संविधानको पूर्णपालना गर्दै प्रदेशवासीको हित, विकास र सुशासनको प्रत्याभूति, सङ्घीय शासन प्रणालीको सवलीकरण, न्यायपूर्ण, विभेदरहित, समतामूलक समाज निर्माण र सबल एवम् समृद्ध प्रदेश निर्माणको सङ्कल्पका साथ प्रदेश सरकारले काम गरेको र थुप्रै उपलब्धी हासिल भएको बताउनुभयो ।

प्रदेश सरकारले गठबन्धनमा सहभागी दलका सहभागितामा प्रभावकारी सेवा प्रवाह, दीगो विकास निर्माण, सन्तुलित आर्थिक विकास, उत्पादन तथा रोजगारी प्रवद्र्धन, गरिबी निवारण, शासकीय सुधार, भष्ट्राचार निवारण, सुशासन प्रवद्र्धनलगायत उद्देश्य पूरा गर्न प्रदेशको स्रोत, साधन, सामथ्र्य र संयन्त्रलाई प्रभावकारी ढङ्गले र अभियानकैरुपमा परिचालन गर्ने नीतिसहितको बागमती प्रदेश सरकारको साझा न्यूनतम कार्यक्रम, २०७८ तर्जुमा गरी कार्यान्वयनमा ल्याइएको समेत उहाँले बताउनुभयो ।

साथै उहाँले प्रदेश सरकारले यहाँका स्थायी बासिन्दाको उपचारको लागि रक्त सञ्चार सेवा सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०७८ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको बताउनुभयो । यससँगै प्रदेशवासीले अब ब्लड बैङ्कबाट रगत लिँदा तिर्नुपर्ने ब्यागको शुल्क प्रदेश सरकारले नै उपलब्ध गराइदिने भएको छ ।  

प्रदेशका कृषकलाई सर्वसुलभरुपमा मल उपलब्ध गराउन रासायनिक मल कारखाना स्थापना गर्ने प्रदेश सरकारले निर्णय गरेको छ । वैदेशिक कम्पनीसँग सहकार्य गर्दै मल कारखाना निर्माण गरिने र त्यसका लागि आवश्यक तयारी भइरहेको मुख्यमन्त्री पाण्डेले बताउनुभयो ।

त्यसैगरी किसानलाई गुणस्तरीय र उन्नत बीउ विजनको प्रत्याभुति गराउन बीउ विजन प्रयोगशाला, हेटौँडालाई प्रदेश बीउ विजन गुणस्तर नियन्त्रण केन्द्रको रूपमा कार्य गर्ने गरी व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।

बागमती प्रदेशभर अब सार्वजनिक सवारीसाधनमा यात्रुले डिजिटल प्रणालीबाट भाडा भुक्तानी गर्न सक्ने प्रबन्ध मिलाइने उहाँले बतानुभयो । उहाँले सार्वजनिक सवारीमा भाडा डिजिटलरुपमा भुक्तानी गर्ने प्रणाली कार्यान्वयनको लागि आवश्यक प्रक्रिया अघि बढाइएको बताउनुभयो ।

त्यस्तै, मुख्यमन्त्री पाण्डेले सरकारले युवा वैज्ञानिक कोषमार्फत् नवप्रवद्र्धन क्षेत्रमा कार्य गर्ने युवा वैज्ञानिकहरूलाई प्रोत्साहन स्वरूप प्रदान गरिने अनुदानको लागि प्राप्त प्रस्ताव मूल्याङ्कनको क्रममा रहेको पनि जानकारी दिनुभयो ।

यो अवधिमा जनशक्ति व्यवस्थापन र कर्मचारीको अभिलेख व्यवस्थापन गर्न प्रदेश किताबखाना स्थापना तथा कार्यसञ्चालन आदेश, २०७८ स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको, बहुवर्षीय आयोजनाको छनौट तथा ठेक्कासम्बन्धी कार्यलाई व्यवस्थित बनाउन बहुवर्षीय ठेक्कासम्बन्धी मापदण्ड, २०७८ स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको, सार्वजनिक खरिदमा कन्टिन्जेन्सी रकम खर्चलाई व्यवस्थित गर्ने कार्यविधि, २०७८ स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको,कृषि, पशुपन्छी तथा मत्स्य क्षेत्रको रूपान्तरण मार्गचित्र, २०७८ स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको पनि मुख्यमन्त्री पाण्डेले जानकारी दिनुभयो ।

त्यस्तै, प्रदेशभित्रका ११९ स्थानीय तहबाट एक जनाको दरले दलित, अल्पसङ्ख्यक, लोपोन्मुख र सिमान्तकृत जातिका विद्यार्थीलाई उच्च माध्यमिक तहको प्राविधिक विषय र स्नातक तथा स्नातकोत्तर तहमा अध्ययन गर्ने महिलालाई छात्रवृत्ति प्रदान गर्ने सम्बन्धी शैक्षिक छात्रवृत्ति निर्देशिका, २०७८ स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको उहाँले बताउनुभयो । सञ्चार क्षेत्रलाई व्यवस्थित र अनुशासित बनाउन प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ९तेस्रो संशोधन० नियमावली, २०७८ स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको छ ।