२ पुष २०८२, बुधबार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सबै राजनीतिक दलको मिलेमतोमा टिकटक बन्द भएको हो: अध्यक्ष अर्याल (भिडियोसहित)



अ+ अ-

काठमाडौँ । इन्सेकका अध्यक्ष डा.कुन्दन अर्यालले सबै राजनीतिक दलको मिलेमतोमा टिकटक बन्द भएको बताउनुभएको छ ।

सोमवार उहाँले टिकटक प्रतिवन्धमा सबै राजनीतिक दलका नेताहरुको मिलेमतो रहेको स्पष्ट हुने बताउनु भयो । सरकारले दिएको आधार हेर्दा र सर्वोच्च अदालतमा परेका मुद्दाहरुको तुलना गर्दा सबै राजनीतिक दलहरु यसमा सहमत भएको बुझ्न सकिने स्पष्ट पार्नुभयो ।

टिकटक प्रतिवन्ध फिर्ता नहुनु र अदालतले आधारमा फैसला नगर्ने हो भने सबै दलको मिलेमतोमा टिकटक प्रतिवन्ध लगाएको बुझ्न सकिने उहाँको भनाइ थियो । अध्यक्ष अर्यालले सामाजिक आधार देखाएर मात्रै टिकटक बन्द भएको भए सबै सामाजिक सञ्जाल बन्देज गर्नुपर्ने स्थिति आउने बताउनु भयो । उहाँले सरकारले आम जनतालाई अभिव्यक्त गर्ने माध्यमलाई खोसेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘टिकटक बन्द गर्नुमा सरकार भन्दा पनि मिलेमतो भएको जस्तो लाग्छ । जसरी भित्र, बाहिरका कुरा आएका छन् । टिकटकको प्रतिवन्धमा सबै राजनीतिक दलका नेताहरुको मिलेमतोमा नै भएको हो । यदी यो फिर्ता भएन भने । अदालतले आधारमा बसेर निर्णय गर्ने हो, भने यो हाम्रो संविधानले मानेको अन्तर्राष्ट्रिय सन्धीहरु र हाम्रो जुन प्रणाली छ, त्यसको कुरामा हेर्ने हो भने यो टिकटकको प्रतिवन्ध मनासिव छँदै छैन । संशय त हो नै यो बन्देजमुखी कदम हो । यसबाट हाम्रो असाध्यै लोकतन्त्र बढो उत्साहीत भएर दुई वटा संविधान सभाको त चुनाव भयो । त्यसरी संविधान बनाएर ल्याएको र संसद भएको देश यसले विश्वमा के सन्देश जान्छ । यो अझ गम्भीर लागेको छ । भारतबाट प्रतिवन्ध लगाइयो, नेपालले पनि त्यही बाटो समात्यो । कतिपय मिडियामा चाइनाको टिकटक बन्द भयो, चिनियाँ प्रोजेक्टमा छानबिन हुँदैछ भनेर पनि समाचार आएका छन् ।’

‘अमेरिका जस्ता देशहरुले के गरे भन्दा यसमा सुरक्षाको प्रश्न उठाए । खासगरी तथ्यांकको सुरक्षाको प्रश्न उठाएर अफिसियली सुरक्षाको कुरा उठाएर बन्द गरे । तर आम जनतालाई प्रतिवन्ध गरेनन् । प्रतिवन्ध गरेको देशमा भारत, सिरिया, अजरबैजान यस्ता देशको पंक्तिमा हामीले पनि प्रतिवन्ध गर्दा हाम्रो देशको स्तर कस्तो हुन्छ । सरकारले प्रतिवन्ध गरेको निर्णयमा भनिएको के छ भने समाज, चरित्र के भनिएको छ । कि त सुरक्षाको तथ्यांक भनेको भए हुन्थ्यो । त्यो पनि भन्न सकेको छैन । त्यही आधार हो भने सबैकुरा बन्देज गर्दै जानुपर्ने हुन्छ । यसरी स्थायी रुपमा प्रतिवन्ध भनेर गर्न मिल्दैन । यसले संसारभर नै नेपालको छवि राम्रो भएको छैन । सरकारले आम जनतालाई अभिव्यक्त गर्ने माध्यमलाई खोसेको छ । यो प्रतिवन्धलाई कुनैपनि हालतमा अदालतले बदर गर्छ होला ।’

उहाँले टिकटक प्रतिवन्धको निर्णयलाई अदालतले बदर गर्नुपर्ने बताउनु भयो ।