काठमाडौ । सर्वोच्च अदालतले बिस्का जाात्र स्वास्थ्थ सुरक्षाको मापदण्ड पालना गर्दे सञ्चालन गर्न दिन स्थानिय प्रशासनलाई आदेश दिएको छ । जिल्ला प्रशासन कार्यलयको निर्णयले सास्कृतिक अतिक्रमण भएको भन्दै दायर भएको रिटमा न्यायधीस पुरुषोत्तम भण्डारीकौ एकल ईजलासले जात्रा पर्व सुचार गराउनका लागि अन्तरिक आदेश दिएको हो ।
कोरोना सक्रमण फैलन सक्ने भन्दै जिल्ला प्रशासन कार्यलय भक्तपुरले यस पटक बिस्का जात्रा रोक्ने निर्णय गरेको थियो । अधिवक्ता राजुकुमार सुवाललले दायर गरेको रिटमा अदालतले जात्रा निरन्तर गर्न दिनु भन्ने आदेश दिएको हो ।
अदालतको आदेश पछि सम्पदा संरक्षण अभियन्ता गणपतिलाल श्रेष्ठले न्यूजपोलारसंग भन्नुभयो बिस्का–जात्रा रोक्दा बढ्न सक्ने डरलाग्दो द्धन्द्ध सम्मानित अदालतले जोगायो । गत आइतबार जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले पूजारीलाई मात्र राखेर पूजा गर्ने निर्णय गरेको थियो ।












