२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रीलाई राजदूतको गलत ब्रिफिङ्, विपीन जोशीको अवस्थाबारे खेलाँची



अ+ अ-

काठमाडौँ । परराष्ट्र मन्त्री एन पि साउदलाई इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले गलत ब्रिफिङ गरेको पाइएको छ ।

राजदूत रिजालले गए राति मन्त्री साउदलाई फोनमा विपीन जोशीको अवस्था सकुसल रहेको र उनी हमासको नियन्त्रणमा रहेको भन्दै उनको रिहाइका लागि पहल गर्ने जनाएकी थिएन ।

सोही आधारमा आजका प्राय: सबैजसो सञ्चारमाध्यममा जोशी हमासको नियन्त्रणमा सकुशल रहेका समाचार आएको छ । तर आज बिहान अकस्मात इजरायलस्थित नेपाली दूताबासले फेरि यसको उल्टो विज्ञप्ति निकालेको छ । सो विज्ञप्तिमा जोशीको अवस्था अज्ञात नै रहेको जनाइएको छ ।

मन्त्री साउद आज कञ्चनपुरमा रहेका र उनले पत्रकार सम्मेलन गरेर जोशी सकुशल रहेको जानकारी गराउन पत्रकार सम्मेलनको आयोजना गर्ने तयारीमा थिए । तर उनले उता पत्रकार सम्मेलनको आयोजना गर्दै गर्दा यता दूताबासको यस्तो विज्ञप्ति आएको छ । यो विज्ञप्तिपछि मन्त्रीले हिजो गरेको ब्रिफिङ र आजको विज्ञप्ति किन फरक आयो भनेर राजदूतलाई थप सोध्नु भनेका छन् ।

उता आइतबार रातिमात्रै इजरायली डिफेन्स फोर्स, आइडिएफले विपिन जोशी हमासको बन्धकमा रहेको जानकारी गराउँदै तेल अभिवस्थित नेपाली दूतावासलाई जानकारी गराइसकेको छ । दूतावसाले विज्ञप्ति प्रकाशन गरेर यसको पुष्टि गरेको छ ।

आइडिएफको दाबी र दूतावासको विज्ञप्तिलाई आधार मान्दा हमासले घाइते अवस्थामा अस्पताल लगिएको नेपाली विपिन जोशी हुनसक्ने आकलन गरिएको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले भिडिओमा देखिएको दृश्यबारे बुझ्ने प्रक्रियामा रहेको बताइन् । अहिलेसम्म विपिन जोशीको अवस्था केहो भन्नेबारे कुनै भेउसमेत नपाएको अवस्थामा उक्त भिडिओले केही आशा जगाएको उनले बताइन् ।