२१ असार २०८३, आईतवार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल सामाजिक चेतनामूलक चलचित्र ‘बिषहरण’को अडिसन सम्पन्न गोरखामा मरुवा सङ्क्रमणका कारण चैतेधानमा क्षति प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता पदयात्रा पर्यटनका समस्या समाधान गर्न पर्यटनमन्त्रीसँग ध्यानाकर्षण कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्व धनाढ्यको सूचीमा जेफ बेजोस पुनः शीर्ष स्थानमा



अ+ अ-

एजेन्सी । अमेजनका मालिक जेफ बेजोस विश्वका सर्वाधिक धनाढ्यको सूचीमा फेरि शीर्ष स्थानमा उक्लिएका छन् ।

फोर्ब्सले जारी गरेको ३५ औं वार्षिक सूची अनुसार यस वर्ष बेजोसको कूल सम्पत्ति १८८.५ बिलियन अमेरिकी डलर पुगेको छ । यद्यपि उनको सम्पत्तिमा ११५ मिलियन डलर ह्रास आएपनि उनी शीर्ष स्थानमा नै पर्न सफल भएका हुन् । गतवर्ष पनि उनी धनाढ्यको पहिलो स्थानमै थिए । 

सूचीको दोस्रो स्थानमा टेस्ला स्पेसएक्सका मालिक एलन मस्क रहेका छन् । ४९ वर्षीय मस्कको सम्पत्ती १६९.९ बिलियन डलर रहेको छ । यसवर्ष उनको सम्पत्तिमा ११६ मिलियन डलरको वृद्धि भएको छ ।

यस्तै तेस्रो स्थानमा फ्रान्सका बर्नार्ड अर्नल्ट एण्ड फेमिली रहेका छन् । उनीहरुले पेरिसमा विलासी वस्तुको उत्पादन गर्ने गर्छन् । उनको कूल सम्पत्ति १६३.७ बिलियन डलर रहेको छ । यसवर्ष उनको सम्पत्तिमा १ बिलियन डलर थपिएको छ । 

कुनै समय लगातार धनाढ्यको पहिलो स्थानमा रहँदै आएका  माइक्रोसफ्टका मालिक बिल गेट्स १२९.२ बिलियन डलरसहित चौथो स्थानमा छन् । उनको यसवर्ष कूल सम्पत्तिमा १०५ मिलियन ह्रास आएको छ ।

 फेसबुकमा संस्थापक मार्क जुकरबर्ग सूचीको पाँचौं स्थानमा पर्न सफल भएका छन् । ३६ वर्षीय जुकरबर्गको कूल सम्पत्ति १११.६ बिलियन डलर रहेको छ । उनको सम्पत्ति पनि यसवर्ष ९५१ मिलियन डलर घटेको छ ।

यस्तै कूल सम्पत्ति ९९.८ बिलियन डलरसहित बहुराष्ट्रिय कम्पनीका मालिक वारेन बुफेट छैटौं स्थानमा पर्न सफल भएका छन् । उनको सम्पत्ति ३४० मिलियन डलर बढेको छ ।

सूचीको क्रमशः सातौं, आठौं र नवौं स्थानमा ल्यारी एलिसन, ल्यारी पेज, सर्जे ब्रिन रहेका छन् । भारतका धनाढ्य मुकेश अम्बानी ७७.३ बिलियन डलरसहित सूचीको दशौं स्थानमा रहेका छन् । उनको कूल सम्पत्तिमा ३८८ मिलियन डलर बढेको छ ।