• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   नेपाल आइडल करण परियारलाई प्रधानमन्त्री दाहालको गितार उपहार ★   लमजुङमा पहिरोले तीन घर पुरिँदा चारजना बेपत्ता ★   कास्कीमा पहिरोमा परेर दुई बालबालिकाको मृत्यु, एक घाइते ★   ट्रक पार्किङ स्थल निर्माणका लागि कोशी प्रदेश सरकारले छुट्यायो दुई करोड ★   विजुलीका पोलमा जताततै ‘सवि’ ! के होला त्यो ? ★   दोस्रो चरणको छानबिनका क्रममा २० जना पक्राउ, १५ अझै फरार ★   कोपा अमेरिकाः क्यानडाले पेरुलाई हरायो ★   युरो कपः इंग्ल्यान्ड समूह विजेता र डेनमार्क उपविजेता बनेर नकआउट चरणमा ★   पोल्यान्डसँग बराबरीमा रोकियो फ्रान्स, एमबाप्पे र लेवान्डोस्कीले गरे गोल ★   युरो कपः नेदरल्यान्ड्सलाई हराउँदै अष्ट्रिया समूह विजेता बनेर नकआउट चरणमा प्रवेश

विश्वकप जित्न अष्ट्रेलियालाई २४१ रनको लक्ष्य



काठमाडौँ । एकदिवसीय क्रिकेट विश्वकप अन्तर्गत भारतले अष्ट्रेलियालाई २४१ रनको लक्ष्य दिएको छ । अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा जारी फाइनल खेलमा टस जितेर पछिले ब्याटिङ थालेको भारतले ५० ओभरमा १० विकेटको क्षतिमा २४० रन जोड्यो ।

भारतका लागि केएल राहुलले १०७ बलमा ६६, विराट कोहलीले ६३ बलमा ५४, रोहित शर्माले ३१ बलमा ४७, सूर्यकुमार यादवले २८ बलमा १८ रन तथा कुलदीप यादवले १८ बलमा १० रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङतर्फ अष्ट्रेलियाका लागि मिचेल स्टार्कले तीन, जोस हेजलवुड र प्याट कमिन्सले दुई–दुई विकेट लिए भने ग्लेन म्याक्सवेल र एडम जाम्पाले एक–एक सफलता हात पारे ।