२ मंसिर २०८१, आईतवार
,
Latest
कांग्रेसका कार्यकर्ताले उम्मेदवार अपहरण गरेको भन्दै रास्वपाद्वारा निर्वाचन आयोगमा उजुरी हेटौँडा–१२ को वडाअध्यक्षमा एमाले उम्मेदवार नगरकोटीको मनोनयन दर्ता लिफ्ट बिग्रिएपछि अनिश्चितकालका लागि बन्द भयो धरहरा कीर्तिपुरमा नेपाल मजदुर किसान पार्टीले गर्‍यो उम्मेदवारी दर्ता कीर्तिपुरको मेयरमा रास्वपाले उम्मेदवारी नदिने ‘स्त्री’ पछि अब श्रद्धा कपुर नागिन बन्ने कीर्तिपुर नगरपालिकाको मेयर र वडाध्यक्षमा एमालेले दियो उम्मेदवारी भारतद्वारा हाइपरसोनिक मिसाइल प्रक्षेपण, ‘ऐतिहासिक’ परीक्षणको प्रशंसा गोविन्दाको छातीमा दुखाई, अस्पताल भर्ना गृहमन्त्री लेखकसँग एसएसबी महानिर्देशकको भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंमा छठ पर्वको तयारी पूरा– तस्बिरहरु



अ+ अ-

काठमाडौँ । छठ पर्वको मुख्य दिन आज सूर्यको आराधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदैछ ।

तराई–मधेसका सबै जिल्ला, काठमाडौंसहितका विभिन्न ठाउँमा आज छठ पर्वको विशेष रौनक छ । छठ पर्वको अवसरमा आज काठमाडौंका विभिन्न छठ पर्व मनाउने घाटहरुमा छठ पर्वको तयारी पूरा भएको छ ।

आज साँझ अस्ताउँदो सूर्यको पूजा आराधना गरी अघ्र्य दिइन्छ र सोमवार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ विधिपूर्वक सम्पन्न हुन्छ । व्रतालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिन्छन् । छठ पर्वको लागि काठमाडौंका विभिन्न छठ घाटको तयारी अन्तिम चरणमा पुगेको छ । छठको दोस्रो दिन शनिवार खरना विधि सम्पन्न भएको थियो । चार दिनसम्म मनाइने आस्थाको पर्व छठको दोस्रो दिन व्रतालुले इष्टदेवको पूजाआराधना गरी खरना विधि सम्पन्न गर्ने परम्परा छ ।

छठ पर्वको मुख्य दिनमा आज काठमाडौंको कमल पोखरी, थापाथली, गौरीघाट लगायतका स्थानमा छठ मनाउनेहरुको रौनक छ । छठका लागि काठमाडौको गुह्येश्वरीदेखि गौरीघाटमा पूजा आराधनाको व्यवस्था गरिएको छ । काठमाडौं कमलपोखरी छठ पूजा समाजका सल्लाहकार चन्द्रशेखर सिंहले काठमाडौंको कमलपोखरीमा छठका लागि सबै काम सम्पन्न भएको बताउनु भयो । उहाँले अहिले नेपाली सेना, जनपथ प्रहरी र महानगर प्रहरीले सुरक्षा दिइरहेको र स्वास्थ्य शिविर पनि सञ्चालनमा राखिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘तयारी सबै पूरा भइसकेको छ । जनपथ प्रहरी, नेपाली सेना, महानगर प्रहरी आएर सबै सुरक्षा दिनुभएको छ । स्वास्थ्य शिविर, सुरक्षा प्रवन्ध सबै रहेको छ ।’

नेपालको तराईमा आज छठ पर्वको अवसरमा उल्लासपूर्ण माहोल रहेको छ ।