२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी
तपाईं के खोज्दै हुनुहुन्छ ?

७२ औं मिस युनिभर्सको उपाधि निकारागुआकी पालासियोसलाई



अ+ अ-

काठमाडौं । मिस युनिभर्स २०२३ को उपाधि निकारागुआकी शेनिस पालासियोसले जितेकी छिन् । पालासियोस ७२ औं मिस युनिभर्सको विजेता बनेकी हुन् ।

विश्वभरका सुन्दरीलाई पछि पार्दै पालासियोसले ताज आफ्नो नाममा गराएकी छिन् । मिस युनिभर्स २०२२ आर बोनीले शेनिसलाई मिस युनिभर्स २०२३ को ताज पहिराइन्। ताज लगाएपछि पलासियोस निकै भावुक देखिन्थिईन् ।

शेनिस पलासियोस मिस युनिभर्सको उपाधि जित्ने निकारागुआकी पहिलो महिला हुन् । त्यसैले ‘ब्युटी क्वीन’ को उपाधि जित्नु उनको लागि झनै अर्थपूर्ण छ । थाइल्याण्ड र अस्ट्रेलियाका सुन्दरीहरुले टप ३ मा आफ्नो स्थान बनाए । प्रतियोगितामा थाइल्याण्डकी एन्टोनिया पोर्सिल्ड फस्ट रनरअप भइन् भने अष्ट्रेलियाकी मोराया विल्सन सेकेन्ड रनरअप भइन् ।

यो वर्ष मिस युनिभर्समा नेपालको प्रतिनिधित्व जेन दीपिका ग्यारेटले गरेकी छिन् । उनले शीर्ष २० मा आफ्नो स्थान बनाइन् ।




भर्खरै