२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

७२ औं मिस युनिभर्सको उपाधि निकारागुआकी पालासियोसलाई



अ+ अ-

काठमाडौं । मिस युनिभर्स २०२३ को उपाधि निकारागुआकी शेनिस पालासियोसले जितेकी छिन् । पालासियोस ७२ औं मिस युनिभर्सको विजेता बनेकी हुन् ।

विश्वभरका सुन्दरीलाई पछि पार्दै पालासियोसले ताज आफ्नो नाममा गराएकी छिन् । मिस युनिभर्स २०२२ आर बोनीले शेनिसलाई मिस युनिभर्स २०२३ को ताज पहिराइन्। ताज लगाएपछि पलासियोस निकै भावुक देखिन्थिईन् ।

शेनिस पलासियोस मिस युनिभर्सको उपाधि जित्ने निकारागुआकी पहिलो महिला हुन् । त्यसैले ‘ब्युटी क्वीन’ को उपाधि जित्नु उनको लागि झनै अर्थपूर्ण छ । थाइल्याण्ड र अस्ट्रेलियाका सुन्दरीहरुले टप ३ मा आफ्नो स्थान बनाए । प्रतियोगितामा थाइल्याण्डकी एन्टोनिया पोर्सिल्ड फस्ट रनरअप भइन् भने अष्ट्रेलियाकी मोराया विल्सन सेकेन्ड रनरअप भइन् ।

यो वर्ष मिस युनिभर्समा नेपालको प्रतिनिधित्व जेन दीपिका ग्यारेटले गरेकी छिन् । उनले शीर्ष २० मा आफ्नो स्थान बनाइन् ।